चीनद्वारा अन्तर्राष्ट्रिय सुरक्षा र निशस्त्रीकरणबारे आफ्नो अडान प्रस्तुत
2023-10-06 16:29:27cri
Share with:

७८औ संयुक्त राष्ट्र संघको महाधिवेशनको निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिमा उपस्थित चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख एवम् चीनको परराष्ट्र मन्त्रालयको हतियार नियन्त्रण महाशाखाका प्रमुख सुन स्याउपोले ५ तारिख सामान्य बहसमा भाषण दिँदै अन्तर्राष्ट्रिय सुरक्षा स्थिति र विश्व रणनीतिक स्थिरता, आणविक निशस्त्रीकरण, आणविक अप्रसारलगायत विषयबारे चीनको अडान सम्पूर्ण रूपमा ब्याख्या गर्नुभएको छ।

 सुन स्याउपोले हाल अन्तर्राष्ट्रिय सुरक्षा क्षेत्रमा शून्य योग खेल, टकराव समेत शीत युद्धको मानसिकता फेरि पनि देखिनुका साथै भूराजनीतिक भिडन्त चर्कँदैआएको छ जसले विश्व रणनीतिक सन्तुलन र स्थिरतालाई प्रभाव पारेको छ, भन्नुभयो। केही देशले पूर्ण सैन्य श्रेष्ठतालाई पछ्याउनुका साथै उन्नत लडाई क्षमताको विकासलाई गति दिइरहेका छन् जसबाट मानव समाजसमक्ष अभूतपूर्व धेरै सुरक्षा दुविधाहरूको सामना गर्नुपर्ने पनि उहाँले बताउनुभयो।

सुन स्याउपोले यस वर्ष चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मानव भाग्य समुदाय प्रस्ताव अघि सार्नुभएको दशौँ वार्षिकोत्सव हो भन्दै इतिहास र अभ्यासबाट पूर्ण रूपमा प्रमाणित भएको छ कि वर्तमान विश्व मिलेको भाग्य समुदाय हो, विभिन्न मुलुकका जनताले दीर्घकालीन् शान्ति र सामान्य सुरक्षा विश्वको अपेक्षा गरेका छन।