विदा अवधिमा उपभोग एउटा चर्चित विषय
2023-10-07 17:47:38cri
Share with:

चीनको राष्ट्रिय कर प्राधिकरणका अनुसार, मध्य शरद ऋतु र राष्ट्रिय दिवसको विदा अवधिमा सर्वसाधारणमाझ उपभोग बजार निकै चर्चित विषय भएर उपभोग सम्बद्ध उद्योगको बिक्री आय गत वर्षको सोही अवधिको तुलनामा २१.३ प्रतिशत बढेको छ। तीमध्ये सेवा उपभोग र वस्तु उपभोग मात्रा गत वर्षको सोही अवधिको तुलनामा २०.९ प्रतशित र २१.६ प्रतिशत बढेको छ।

 उक्त तथ्यांकअनुसार, विदा अवधिमा पर्यटन सेवा आय गत वर्षको सोही अवधिको तुनामा ११० प्रतिशत बढेको छ तीमध्ये दूर पर्यटन र विदेशी पर्यटन पुनरूत्थान भएबाट ट्राभल एजेन्सी र सम्बद्ध सेवा उद्योगको आय गत वर्षको सोही अवधिको तुलनामा १७० प्रतिशत बढेको छ।

 होटेल र रेस्टुरेन्ट सेवा आयको हिसाबले गत वर्षको सोही अवधिको तुलनामा २५.५ प्रतिशत बढेको छ। साथै विदासँगै एशियाली खेलकुदको प्रभावमा सँस्कृति र खेलकुद सेवा उपभोग बजार पनि धेरै चर्चित बनेको छ भने सँस्कृति र खेलकुद सेवा आय ४५.४ प्रतिशत बढेको छ।