विभिन्न मुलुकका राष्ट्रानायकः संयुक्तरूपमा ‘बेल्ट एण्ड रोड’ को निर्माण बाट विश्वसमक्ष नयाँ मौका पुर्याइएको
2023-10-07 14:46:17cri
Share with:

यस वर्ष संयुक्तरूपमा बेल्ट एण्ड रोड को निर्माण प्रस्ताव प्रस्तुत गरिएको दशौँ वार्षिकोत्सव हो। बेल्ट एण्ड रोड को निर्माण धारको तयारीदेखि वर्तमान फलदायी अवस्थासम्म धेरै मुलुकलाई दीर्घकालीन विकास शक्ति दिइएको छ। अहिले पनि विभिन्न मुलुकमा हार्दिक स्वागत गरिएको अन्तर्राष्ट्रिय सार्वजनिक चौतारो बनेको छ। हालै विभिन्न मुलुकका राष्ट्रानायकले चाइना मिडिया ग्रूपलाई अन्तर्वार्ता दिँदै चीनसँग पसी हितयुक्त सहयोगको मौका खोज्दै जाने तथा सहयोगात्मक स्तरलाई उकास्ने इच्छा व्यक्त गरेका छन्। 

बोलिभियाका राष्ट्रपति लुइस आर्सेले चीनको बेल्ट एण्ड रोड प्रस्ताव स्वीकार गरेको र यसले विभिन्न मुलुकबीच अझ राम्रो अझ समान व्यापार चौतारो प्रदान गरेको बताउनुभएको छ। 

सियरा लियोनका राष्ट्रपति बायोले बेल्ट एण्ड रोड प्रस्ताव निकै महत्वपूर्ण भएको र विशेष गरी पूर्वाधार निर्माणमा अझै महत्वपूर्ण रहेको भन्दै यी पूर्वाधार प्रबन्धले स्थानीय जनतालाई सुविधा दिनुका साथै हरित कृषि विकासमा पनि हितकर रहेको बताउनुभएको छ।

यसका साथै विभिन्न मुलुकका विदेश मन्त्रीहरूले बेल्ट एण्ड रोड प्रस्तावले विभिन्न मुलुकसमक्ष व्यापार र सहयोगको मौका पुर्याएको व्यक्त गरेका छन्।