बेल्ट एन्ड रोडले मानवजातिको सभ्यता आदान-प्रदानको नयाँ पृष्ठ खोल्ने अपेक्षा
2023-10-07 18:15:26cri
Share with:

बेल्ट एन्ड रोड इनिशिएटिभ प्रस्तुत गरिएको दश वर्षयता उल्लेखनीय उपलब्धि हासिल भएको छ। हाल संयुक्त राष्ट्र संघका उप-महासचिव स्तरीय सभ्यता संघका वरिष्ठ प्रतिनिधि मोलाटिनोस, संयुक्त राष्ट्र संघका लागि पाकिस्तानका स्थायी प्रतिनिधि अखरामले बेल्ट एन्ड रोडप्रति अपेक्षा लिएको व्यक्त गर्नुभयो। मोलाटिनोसले आफूले अक्टोबर १८ तारिख पैचिङमा आयोजना हुने तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा उपस्थित हुने भन्दै सभ्यताको दृष्टकोणबाट बेल्ट एन्ड रोडमार्फत मानवजातीय सभ्यताको आदान-प्रदान गर्ने आफूले अपेक्षा लिएको व्यक्त गर्नुभयो।

 अखरामले पाकिस्तान बेल्ट एन्ड रोडको सबभन्दा पहिले सहभागी भएको भन्दै विशेष गरी चीन-पाकिस्तान आर्थिक कोरिडर बेल्ट एन्ड रोडको प्रमुख कार्यक्रम बनेपछि बेल्ट एन्ड रोडबाट पाकिस्तान र दक्षिणी मुलुकलाई अरू मौका ल्याउनसकिने अपेक्षा आफूले लिएको व्यक्त गर्नुभयो।