सी चिनफिङद्वारा वैचारिक र सांस्कृतिक प्रचार कार्यबारे महत्वपूर्ण निर्देशन
2023-10-08 19:10:34cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हालै वैचारिक र सांस्कृतिक प्रचार कार्यबारे महत्वपूर्ण निर्देशन दिनुभएको छ।

 उहाँले वैचारिक र सांस्कृतिक प्रचार कार्य पार्टीको भविष्य र भाग्य, देशको दीर्घकालीन सुरक्षा, राष्ट्रिय एकतासँग सम्बन्धित र निकै महत्वपूर्ण कार्य भएको बताउनुभयो।

 चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशन यता चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले समग्र स्थिति र रणनीतिक उचाइबाट हेरी वैचारिक र सांस्कृतिक प्रचार कार्यको प्रणालीगत तयारी र निर्देशन गरेर नयाँ युगको वैचारिक र सांस्कृतिक प्रचार कार्यको ऐतिहासिक उपलब्धि हासिल गर्न अघि बढ्नुपर्ने उहाँले दोहोर्याउनुभयो।