चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताको अफगान भूकम्पबारेको धारणा
2023-10-08 19:00:50cri
Share with:

स्थानीय समय अनुसार अक्टोबर ७ तारिख पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा ६.२ रेक्टर स्केलको भूकम्प जाँदा २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने लगभग १० हजार मानिसहरू घाइते भएका छन्। भूकम्पमा परी कुनै चिनियाँ नागरिक घाइते वा मारिएका छन् वा चीनले अफगानिस्तानलाई राहत सहायता प्रदान गर्नेबारे चीनले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ।

 चीनले अफगानिस्तानको हेरात प्रान्तमा गएको भूकम्पमा ठूलो क्षति भएकोबारे जानकारी लिँदै पीडितहरूप्रति गहिरो समवेदना तथा पीडित र घाइतेहरूको परिवारप्रति हार्दिक सान्त्वना व्यक्त गरेको छ।

 अफगानिस्तानका जनताले प्रकोपको प्रभावलाई जित्न र सकेसम्म चाँडो आफ्नो घरहरू पुनर्निर्माण गर्न सक्षम हुने विश्वास लिँदै चीनले अफगानिस्तानको आवश्यकता अनुसार आफ्नो क्षमता अनुसार विपद् राहत सहायता उपलब्ध गराउने बताएको छ।

धेरै पक्षबाट प्रमाणीकरण गरेपछि हालसम्म भूकम्पमा कुनै चिनियाँ नागरिक घाइते वा मारिएको खबर छैन।