तथ्याङ्कबाट सन् २०२३ चीनको राष्ट्रिय दिवसको विदा हेरौँ
2023-10-08 10:55:24cri
Share with:

सेप्टेम्बर २९ तारिखदेखि अक्टुबर ६ तारिखसम्म चिनियाँहरूले ८ दिन लामो विदा मनाएका छन्।

चिनियाँ पर्यटन अध्ययन प्रतिष्ठानका प्रमुख ताइ पिनले सन् २०२३ चीनको मध्य शरद महोत्सव र राष्ट्रिय दिवस जोडिएकोले तथा हाङ चौ एशियाली खेलकुद समारोहको प्रभावबाट यसपटक सबैभन्दा लोकप्रिय विदा पर्यटन बजार भएको बताउनुभएको छ। 

चिनियाँ संस्कृति र पर्यटन मन्त्रालयका अनुसार, सन् २०२३ दुई दिवसको अवधिमा न्तरिक पर्यटकको संख्या ८२ करोड ६० लाख पुगेको छ। यसबाटको य ७ खर्ब ५३ अर्ब ४३ करोड चिनियाँ युन पुगेको छ। यो तथ्याङ्कला हेर्दा महामारीअगाडि अर्थात् सन् २०१९ को तुलनामा १.५ प्रतिशतले वृद्धि भएको छ। 

विदेश पर्यटन पक्षमा दुई दिवसको अवधिमा सबैभन्दा लोकप्रिय विदेशी गन्तव्य क्रमशः थाइल्याण्ड, दक्षिण कोरिया, जापान, सिंगापुर, मलेशिया, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया र इजिप्ट रहेका छन्।