हाङ्चौ १९औं एसियाली खेलकुदबारे गोरखापत्रका खेल पत्रकार गोविन्द रेग्मी#नेपालीकोआँखामाएशियालीखेलकुद
2023-10-08 17:04:27cri
Share with:

 

हाङ्चौ सहरमा १९औं एसियाली खेलकुद चलिरहँदा चीनले निकै तामझामका साथ यो कार्यक्रम संचालन गरेको छ। एउटै सहरभित्र खेलकुदका लागि ५४ वटा भेन्यू बनाउन भ्यायो भने यी खेलमैदानमा ४० वटा खेलकुद संचालन भएका छन्। चीनले १४ वटा त नयाँ रंगशाला नै थप गरेको थियो। यसबाट हेर्दा के देखिन्छ भने खेलकुदको दुनियाँमा चीन निकै माथि उक्लिसकेको छ। उद्घाटन समारोहको संयोजनदेखि लिएर सारा वस्तुस्थिति निरीक्षण गर्दा के देखिन्छ भने चीनले खेल क्षेत्रमा आफ्नो प्रभुत्व देखाउन थालिसकेको छ। खेल क्षेत्रका चीनको दबदबा एसियामा मात्रै होइन, विश्वमै पनि हुन्छ कि भनेर बुझ्न सकिन्छ।

 चीनले आफूलाई खेलकुद क्षेत्रमा एसियाली मुलुकमध्ये अझै माथि लगेको छ। आफूलाई माथि पुराउन चीनले कुनै कसर बाँकी राखेजस्तो लाग्दैन। १२ हजार भन्दा बढी खेलाडीहरूको उपस्थिति र खेलकुदमा मेडलका हिसाबले पनि चीन अगाडि छ। प्रदर्शन, पूर्वाधार र संयोजनाका हिसाबले पनि चीन धेरै कुरामा अगाडि देखिन्छ।

वातावरण पूवाधार हेर्दा यो एसियाली खेलकुद निकै सभ्य र भव्य छ। चीन खेलकुदको कुनै विश्व ‘पावर’ हो कि जस्तो स्वभाविक रुपमा अनुभूति हुन्छ। यहाँ बनेका खेल संरचना, विभिन्न देशका खेलाडीहरूप्रतिको स्वागत सत्कार लगायत हरेक हिसाबले पनि यो खेलकुद सभ्य र भव्य भएको मान्न सकिन्छ।

 

हाङ्चौ सहरमा भएको यो खेलकुद अन्य क्षेत्रको भन्दा कसरी फरक?

खेलकुद रिपोर्टिङकै सिलसिलामा विभिन्न देशको यात्रा गरेर ठूला ठूला खेल इभेन्टको समाचार संकलन गरेपनि चीनमा जस्तो खेलकुद व्यवस्थापन अन्यत्र देखिएन। यहाँ त स्वयंसेवी नै ४ हजार भन्दा बढी रहेछन्। चीनको खेलकुद व्यवस्थापन हेर्नका लागि हुनुपर्छ, युरोप र अमेरिकाबाट समेत खेल पत्रकारहरू चच्याङ प्रान्तमा भेला भएका छन्। आवासीय भिलेज, मिडिया भिजेल पनि उत्तिकै भव्य छ। कुनै पनि हिसाबले कमी राखेको छैन।

 चीनका राष्ट्रपति सी चिनफिङले पनि उद्घाटन समारोहमा उपस्थिति जनाउनुले ठूलो उत्साह थपेको देखिन्छ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि उद्घाटन समारोहमा उपस्थिति भयो। विश्वका विभिन्न एसियाली मुलुकबाट उपस्थित भएका सरकार प्रमुखहरूको उपस्थितिले उद्घाटन सत्र नै अविस्मरणीय जस्तो बनायो।

 के चमत्कार गर्नसक्छ?

चीनले यो खेलकुद आयोजना गरेर अहिलेसम्मकै नवीनतम र प्रविधिका हिसाबले उन्नत शैली प्रस्तुत गरेको छ। नतीजाका हिसाबले केही ऐतिहासिक कीर्तिमानहरू पनि भएका छन्। अरू खेल स्तरमा पनि राम्रो देखिएको छ। रेकर्ड ब्रेक चाहिँ निरन्तर भइरहनुले पनि खेलकुदको वातावरण रोचक छ। प्रविधिका हिसाबले निकै उच्च बनाइएको छ। यसपटक नेपालको सहभागिता मात्रै देखिन्छ। उसो त सन् १९५१ देखि नै नेपालले निरन्तर सहभागिता जनाइरहेको छ, यो एसियाली खेलकुदमा। चीनमा भएको यसपटकको खेलमा पनि नेपालले अहिलेसम्मकै धेरै खेलाडी उपस्थित गराएको छ।