जाम्बियाकी युवती शारेटको चीन बसाइको कथा
2023-10-09 09:10:19cri
Share with:

 

जाम्बियाकी युवती शारेटले आफ्नो बाल्यकालमा बुझेको चीन भनेको चीन-अफ्रिका मित्रताको साक्षी टान्जानिया-जाम्बिया रेलमार्ग थियो। अहिले उनका आँखामा चीन भनेको उन्नतशील प्रविधि, विविध संस्कृति र मिलनसार जनता भएको मुलुक हो।

 

चिनियाँहरु धेरै असल तथा मिलनसार हुन्छन्। यहाँ मलाई मेरो घरजस्तै लागेको छ।

 

अफ्रिकाबाट चीनमा पढ्न आउने क्रममा शारेटलाई चिन्ता लागेको थियो। तथापि उनको परिवारले उनलाई धेरै समर्थन दिँदै हौसला दिएको थियो। सानो उमेरमा शारेट र उनकी आमाले चिनियाँ सहयोगमा निर्मित टान्जानिया-जाम्बिया रेलमार्गबाट टान्जानियाका आफन्तसँग भेट गर्न आवतजावत गरेका थिए। उनका एक चिनियाँ काका पनि छन्। चिनियाँ काकाले उनलाई चीनको विश्वविद्यालयमा पढ्न निवेदन पेश गर्न सुझाव दिएका थिए।

मेरा काकाले चिनियाँ प्रविधि उन्नतशील रहेको मलाई बताएका थिए। चीनमा पढेपछि चीन र चिनियाँ संस्कृतिबारे अरु बढी जानकारी पाउने पनि बताए। त्यस बाहेक, मेरा बुवाले मलाई एउटा कुरा बताउनुभएको थियो, चीनमा मोबाइलबाट पैसा तिर्ने हो। क्यासको कम प्रयोग गरिन्छ। यी कुराहरुप्रति मलाई जिज्ञासा थियो।

 

सन् २०१९ मा शारेट चीनको फुन च्यान प्रान्तको स्या मन शहरमा रहेको ह्वा छ्याउ विश्वविद्यालयमा पढ्न आएकी हुन्। चीन आएको तीन वर्षमा उनले विश्वविद्यालयमा चिनियाँ भाषा अध्ययन गर्न सक्दो प्रयास गरेकी थिइन्। शुरुमा चीन आउँदाको जीवनको सम्झना गर्दै चिनियाँ शिक्षक तथा सहपाठीहरुले आफूलाई परिवार जस्तै सहयोग गरेकोमा शारेटले उनीहरुलाई धेरै आभार व्यक्त गरेकी छिन्।

शुरुमा मलाई धेरै गाह्रो लाग्यो। म अन्तर्मुखी स्वभावकी छु। तथापि शिक्षक तथा सहपाठीहरुले मलाई धेरै सहयोग गरेका थिए। कहिलेकाहीँ मेरो चिनियाँ भाषा गलत थियो, तैपनि उनीहरुले धीरताका साथ मलाई सिकाएका थिए। चिनियाँ भाषा पढ्न निकै रमाइलो भयो, तथापि निकै गाह्रो थियो, तर मैले सफलताका साथ त्यो अवधि बिताइसकेकी छु।

 

हाल शारेट ह्वा छ्याउ विश्वविद्यालयमा दोस्रो वर्षमा अध्ययन गर्दै छिन्। उनी स्या मनको जीवनसँग अभ्यस्त छिन्। उनले यस सुन्दर शहरबाट घरको अनुभव पाएकी छिन्।

स्या मनको दृश्य धेरै सुन्दर छ। यहाँको खाना मलाई मन पर्छ, किनभने म पिरो खाना खाँदिन। स्या मन एउटा निकै मैत्रीपूर्ण शहर लाग्छ। किनभने यहाँका सामानहरुको भाउ महँगो छैन र यहाँको बसाइ सुविधाजनक छ।

 

चीनमा चार वर्षसम्म बसेर शारेटले चीनका अरु बढी ठाउँहरु घुम्ने विचार गरेकी छिन्। चालू वर्षको ग्रीष्मकालीन छुट्टीमा उनले शाङहाई शहर घुमेकी थिइन्।

मेरा साथीहरुले मलाई शाङहाई धेरै सुन्दर भएको धेरै पटक बताए। शाङहाईका सुन्दर दृश्यहरु पहिले मैले चलचित्रमा मात्र देखेकी थिएँ। तर आफूले घुमेपछि मलाई निकै खुसी लाग्यो।

 

चीन र जाम्बिया परम्परागत मित्रता भएको “सर्वतोमुखी साथी” हुन्। जाम्बिया दक्षिण अफ्रिकी महाद्वीपमा चीनसँग दौत्य सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो। शारेटले दुई मुलुक बीचको मित्रता अरु उच्च स्तरमा पुग्ने अपेक्षा गरेकी छिन्।

बेल्ट एण्ड रोड प्रस्तावको प्रारुपमा चीनले जाम्बियालाई सडक र विमानस्थलको निर्माण गर्न सहयोग गरेको छ, जसले जाम्बियाको आर्थिक विकासलाई अघि बढाएको छ। जाम्बियाले चीनबाट अरु बढी प्रविधि सिक्न सक्ने आशा मैले गरेकी छु।