अविस्मरणीय हाङचौ १९ औँ एसियाली खेलकुद सम्पन्न
2023-10-09 10:39:50CRI
Share with:

१६ दिनदेखि बलिरहेको एसियाली खेलकुदको ज्वाला ८ तारिख साँझ चीनको हाङचौस्थित ओलम्पिक सेन्टर स्टेडियममा बिस्तारै निभेको छ। यो नै १९ औँ एसियाली खेलकुदको सफल समापनको प्रतीक हो।

उक्त समापन समारोहमा जम्मा गरी २,१९४ कलाकारहरूले भाग लिएका छन्। "हाङचौ सबैभन्दा स्मरणीय" भन्ने समारोहको मुख्य विषयसूची थियो।

७५ मिनेट लामो समापन समारोहमा दुईवटा कार्यक्रम सँगसँगै चारवटा सर्ट फिल्म र एक कार्निभल प्रस्तुत गरिएको थियो जसबाट एसियाली खेलकुदका सबै सम्झनाहरूको एकसाथ सिंहावलोकन गरिएको छ।

रङ्गशालादेखि पुरस्कार वितरण मञ्चसम्म, एसियाका ४५ देश र क्षेत्रका १२ हजार भन्दा बढी खेलाडीहरूले एकपछि अर्को कीर्तिमान कायम गर्न र एकपछि अर्को चमत्कार सिर्जना गर्न हाङचौमा भेला भएका थिए।