हाङचौ एशियाली खेलकुद सम्पन्न
2023-10-09 15:53:28CRI
Share with:

“यस एशियाली खेलकुद एकदमै मनोरञ्जनात्मक र बिर्सन नसकिने भएकाले अभूतपूर्व सफलता पनि प्राप्त भएको छ,” अक्टोबर ८ तारिख राति १९ औँ एशियाली खेलकुद समारोह चीनको चच्याङ प्रान्तको हाङचौ शहरमा सम्पन्न भएको छ। समापन समारोहलाई सम्बोधन गर्दै एशियाली ओलम्पिक कमिटीका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंहले उक्त मूल्याङ्कन गर्नुभएको हो। बितेका १६ दिनयता चीनले आफ्नो वचनवद्धतालाई व्यवहारमा उतार्दै “चिनियाँ विशेषता र एशियाली छवि सहित रङगीचङगी र मनोरञ्जनात्मक खेलकुद समारोह”लाई विश्वसमक्ष देखाएको छ। विश्वले पनि एशियामा रहेको सबैभन्दा उच्चस्तरीय प्रतिस्पर्धात्मक समारोहमार्फत् चीनबारे अझ सर्वेक्षण र जानकारी लिएको छ।

हाङचौ एशियाली खेलकुदमा सहभागी खेलाडीको संख्या, प्रतियोगिताको प्रकार र समष्टिगत परिधि सबैले नयाँ ऐतिहासिक कीर्तिमानी सिर्जना गर्नुका साथै टडकारा उपलब्धिहरू पनि प्राप्त गरेको छ। जस्तै: १५ पटकगरी विश्व रेकर्डको सिर्जना गरिएको छ, ३७ पटक गरी नयाँ एशियाली कीर्तिमानको सिर्जना गरिएको छ, १७० पल्ट प्रतियोगिताको नयाँ रेकर्डको सिर्जना गरिएको छ।

अर्को फलदायी कुरा के छ भने हाङचौ एशियाली खेलकुदको चौतारोमार्फत विभिन्न मुलुकका जनताले क्षेत्रीय, जातीय र सांस्कृतिक खाडल पार गरी गहिरो मित्रता बाँडेका छन्।