प्यालेस्टाइन-इजरेल द्वन्द्व, सबै पक्षलाई संयम अपनाउन चीनद्वारा आह्वान
2023-10-09 11:11:06CRI
Share with:

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा अक्टोबर ८ तारिख प्यालेस्टाइन-इजरेलको स्थितिबारे आपतकालीन परामर्श बैठकको आयोजना गरिएको छ। बैठकमा संयुक्त राष्ट्रसंघका लागि चीनका आवासीय प्रतिनिधि चाङ चुनले प्यालेस्टाइन-इजरेलको वर्तमान अवस्थाबारे चीनको धारणा प्रस्तुत गर्दै सम्बन्धित सबै पक्षलाई संयम अपनाउन तथा द्वन्द्वको स्थितिलाई थप नचर्काउन आग्रह गर्नुभयो।  

चाङले अगाडि भन्नुभयोः इजरेल र गाजा सशस्त्र समूहबीच भिषण भिडन्त सुरु भएकोमा चीन गम्भीर रूपमा चिन्तित छ। चीनले स्थिति अझ बिग्रने सम्भावनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। सर्वसाधारणमाथि हुने सबै प्रकारका हिंसा र आक्रमणको भर्त्सना गर्दै चीनले सम्बन्धित पक्षलाई संयम अपनाउन, द्वन्द्वको स्थिति थप नचर्काउन आह्वान गरेको छ। जतिसक्दो चाँडो युद्धविराम गर्न चीनले आग्रह गरेको छ।

वर्तमान समस्याको समाधानबारे चर्चा गर्दै चाङ चुनले भन्नुभयोः 'अहिलेको अवस्था निकै नाजुक छ। संयुक्त राष्ट्रसंघका महासचिव र सम्बन्धित मुलुकलाई यथाशीघ्र वर्तमान स्थितिलाई साम्य तथा शान्त पार्न सहयोग गर्न चीनले समर्थन गर्दछ।