चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अमेरिकी सिनेटको बहुमतका नेता चक शुमर नेतृत्वको अमेरिकी काँग्रेसको सिनेट प्रतिनिधि मण्डलसँग पैचिङमा भेटघाट
2023-10-09 18:59:56CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर ९ तारिख अपरान्ह जन बृहत् सभा भवनमा ‘मेजोरिटी लिडर अफ द युनाइटेड स्टेट्स सिनेट’ अर्थात् अमेरिकी सिनेटको बहुमतका नेता चक स्कुमर शुमरको नेतृत्वमा रहेको अमेरिकी काँग्रेसको सिनेट प्रतिनिधि मण्डलसँग भेटघाट गर्नुभएको छ। 

त्यस अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङले चीन र अमेरिकाको सम्बन्ध विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध हो भन्दै चीनले चीन-अमेरिका विवादभन्दा पनि दुई मुलुकको साझा हित ठूलो रहेको र चीन र अमेरिकाले प्राप्त गरेको आ-आफ्नो सफलता दुई पक्षका लागि सुअवसर हो तर चुनौती होइन भन्ने कुरा बताउनुभयो। 

सीले दुई वटा ठूला मुलुकको रुपमा चीन र अमेरिकाले एक अर्कालाई सम्मान गर्नुपर्ने, शान्तिपूर्ण सहअस्तित्व कायम गर्नुपर्ने, सहयोग र साझा विजयमा लाग्नुपर्ने, दुई मुलुकका जनतालाई लाभ दिनुपर्ने, मानव समाजको प्रगतिलाई बढाउनुपर्ने, विश्व शान्ति र विकासका लागि योगदान दिनुपर्ने कुरामा जोड दिनुभयो। 

प्रत्युत्तरमा शुमरले सुन्दर चीनको भ्रमण गरेकोमा खुशी लागेको व्यक्त गर्नुका साथै चीनको हार्दिक स्वागतप्रति धन्यवाद दिनुभयो। उहाँले  अमेरिका र चीनको सम्बन्धको स्थिरता र विकास अमेरिका र चीन यी दुबै मुलुकका लागि महत्वपूर्ण भएको र विश्व शान्ति र विकाससित सम्बन्धित रहेको कुरा बताउनुभयो। उहाँले चीनको विकास र समृद्धि अमेरिकी जनताका लागि हितकर छ भन्दै अमेरिकाले चीनसँग द्विपक्षीय व्यापार र लगानीमा सहकार्य गर्ने, जलवायु परिवर्तनको सामना गर्नुपर्ने, क्षेत्रीय भिडन्तको समाधानआदि विषयहरूमा समन्वय र सहकार्य गर्ने प्रतिक्षा गरेको कुरा बताउनुभयो।