#अल्पसंख्यक जाति# विदेशी सञ्चार माध्यमको तिब्बत यात्रा-१
2023-10-10 13:22:17CRI
Share with:

अक्टोबर ३ तारिखदेखि ८ सम्म चिनियाँ अन्तर्राष्ट्रिय आदानप्रदान केन्द्रको व्यवस्थापनमा २२ देशका लगभग ३० जना संचारकर्मीहरूले तिब्बती लिन्च र ल्हासा सहरको यात्रा गरेका छन्। उनीहरू स्थानीय पर्यावरणीय वातावरणको संरक्षण, अर्थतन्त्र तथा समाजको विकास, जातीय क्षेत्रको स्वायत्त प्रशासन, धार्मिक स्वतन्त्रता, जनजीवनको प्रत्याभूति लगायत विषयबारे गहिरो रूपमा जानकारी पाएका छन्। आजको कार्यक्रममा मैले यस विषयको बारेमा चर्चा गर्न चाहन्छु। 

यी मिडिया व्यक्तित्वहरू पाकिस्तान, नेपाल, बेलारूस, इथियोपिया, चिलीलगायत देशका समाचार समिति, टेलिभिजन, समाचारपत्र, वेबसाइट र अन्य संस्थाबाट आएका हुन्। तिब्बतको यात्रामा उनीहरू अन्तर्वार्ता लिएर विश्वसमक्ष वास्तविक तिब्बतको उल्लेख गरेका छन्। 

तिब्बती शैलीको आँगनमा हरियो घाँस भरिएको छ। घरमा बीम र भितामा सुन्दर चित्र कुँदिएका छन्। विविध प्रकारका जातीय विशेषतायुक्त फर्निचर छन्।  चुल्होमा तातो मक्खन चिया उमालिएको हुन्छ। कफी टेबलमा अतिथिहरूका लागि विविध खाजा र मिठाइ तयारी अवस्थामा छन्।

लिन्च क्षेत्रीय मिलिन शहरीय सिगा मनपा गाउँमा जर्जियन मिडिया सेन्टर "मुतावरी"का संस्थापक एवम् प्रबन्ध निर्देशक क्याथरीन गुलुआले यस्तो भिडियो पोस्ट गरेर एक स्थानीय गाउँलेको सुखमय जीवन रेकर्ड गर्नुभएको छ। 

सिगा मनपा गाउँ स्थानान्तरण गरिएको गाउँ हो। पहिलाको वातावरण गम्भीर भएका हुनाले सन् २००३ जुनमा लिनच शहरी मोथो जिल्ला कानतङ बस्तीका ४० परिवारका करिब १४० जना यही स्थानान्तरण गरिएका थिए। हाल यहाँ ८३ परिवारका लगभग ३०० जना बसेका छन्। प्रत्येक व्यक्तिको आम्दानी २० वर्षअघिको तुलनामा करिब ७० गुणा बढेको छ। 

विभिन्न देशका मिडियाकर्मीले गाउँलेहरूसँग गफ गरेका छन्। “परिवारमा के कति बालबच्चा? ” “यहाँ सर्नुअघिका पशुधन र सम्पतिको व्यवस्थापन?” “हालको कामधाम? ” लगायत उनीहरूले धेरै प्रश्न सोधेका छन्। 

प्रत्युत्तरमा गाउँलेहरूले छुट्टा-छुट्टै रूपमा जवाफ दिएका छन्।  

“हरेक दिन मैले स्वदेशी भाषाद्वारा ३/४ वटा भिडियो जानकारी पोस्ट गरिरहेको छु। जसबाट जर्जियाली जनतालाई तिब्बतसम्बन्धी अझ बढी सूचना दिने आशा गर्छु,” गुलुआले यसरी भन्नुभयो। 

उहाँको अर्को भिडियोमा सिगा मनपा गाउँको सहकारी संघमा तिब्बती कागज बनाउने अनुभव रेकर्ड गरिएको छ। 

गाउँलेको आम्दानी बढाउनका लागि सिका मनपा गाउँले तिब्बती कागजको उत्पादन र पर्यटन तथा अनुभवी सहकारी संघको स्थापना गरेको छ। तिब्बती कागज र अन्य मुद्रण उत्पादन तरिकाबाट गाउँलेहरूले घर नजिकै स्थिरताका साथ रोजगारी पाएका छन्।