चाइना मिडिया ग्रूप र "बेल्ट एण्ड रोड" सम्बद्ध मुलुकका मिडिया बीच सहयोगको नयाँ चरणको उद्घाटन समारोह आयोजित
2023-10-10 10:49:36CRI
Share with:

तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग मञ्च आयोजनाको तयारी भइरहेको अवस्थामा चाइना मिडिया ग्रूप र "बेल्ट एण्ड रोड" सम्बद्ध मुलुकका मिडिया बीच सहयोगको नयाँ चरणको उद्घाटन समारोह अक्टोबर ९ तारिख पैचिङमा आयोजना भएको छ।

चाइना मिडिया ग्रूपका निर्देशक शन हाइस्योङले उक्त समारोहमा उपस्थित हुनुभएका कजाखस्तानको संस्कृति तथा सूचना मन्त्रालयको सूचना समितिका अध्यक्ष येर्डोस नाशराली, चीनको संस्कृति तथा पर्यटन मन्त्रालयका उप मन्त्री राव छ्यान, चिनियाँ जन वैदेशिक मैत्री सङ्घका अध्यक्ष याङ वानमिङ, यसै गरी, चीनका लागि क्रमशःनेपाल, पाकिस्तान, माल्दिभ्स, बङ्गलादेश, टर्की, दक्षिण अफ्रिका र क्युबा राजदूताबासका कूटनीतिज्ञहरूसमक्ष 'बेल्ट एण्ड रोड' सम्बद्ध मुलुकहरूमा चाइना मिडिया ग्रूपका उत्कृष्ट कार्यक्रमहरूको प्रसारण शुभारम्भ गर्नुभएको छ।

सो अवधिमा चाइना मिडिया ग्रूपका निर्देशक शन हाइस्योङले भन्नुभयोः यस वर्ष चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त रूपमा "बेल्ट एन्ड रोड" अवधारणाको संयुक्त निर्माण र मानव जातिको संयुक्त भाग्य समुदायको निर्माण गर्ने विचार प्रस्तुत गर्नुभएको १० औँ वार्षिकोत्सव हो। चीनको राष्ट्रिय रेडियो र टेलिभिजन स्टेशनको रूपमा, चाइना मिडिया ग्रूप "बेल्ट र रोड" अवधारणाको सहभागी, साक्षी र कथाकार बनेको छ र विश्वका १५१ देशका ६८२ वटा मिडिया संगठनहरूसँग समाचार सेवा सम्झौतामा हस्ताक्षर गरेको छ। साथै "सिल्क रोड टेलिभिजन संयुक्त भाग्य समुदाय" भन्ने विश्वको पहिलो अन्तर्राष्ट्रिय चलचित्र र टेलिभिजन मिडिया गठबन्धनको स्थापना गरेको छ जसबाट "बेल्ट एण्ड रोड" मिडिया सहयोगलाई गहन रूपमा अघि बढाइरहेको छ।

प्राप्त जानकारी अनुसार, उक्त समारोहमा, "चाइना मिडिया ग्रूप तथा बीआरआई सम्बद्ध मुलुकका मिडियाबाट सभ्यताहरूको पारस्परिक शिक्षाको प्रवर्द्धन संयुक्त प्रस्ताव" पनि सार्वजनिक गरिएको छ। जसमा मिडिया नै सम्पूर्ण मानवजातिको साझा मूल्यहरूको संवाहक, विश्व सभ्यताको विविधताको संरक्षक र मानविय तथा सांस्कृतिक आदानप्रदान एवम् सहयोगको नेतृत्वकर्ता हुन आह्वान पनि गरिएको छ।

यसका अतिरिक्त, उक्त समारोहमा "म र बेल्ट एण्ड रोडसँगको कथा" विश्वव्यापी कार्यक्रमको नतिजा पनि सार्वजनिक गरिएको छ। जसबाट विश्वका १३१ देश र क्षेत्रहरूका १,००० भन्दा बढी अद्भुत कथाहरू सङ्कलन गरिएका छन् भने गरिएको सम्बद्ध रिपोर्टहरू पढ्नेको संख्या १ अरब ७२ करोड ८० लाख पुगेर उत्साहपूर्वक प्रतिक्रिया पाइएको छ।

साथै, चाइना मिडिया ग्रूपका ३० वटा बहुभाषी उत्कृष्ट कार्यक्रमहरू अक्टोबरदेखि बीआरआई सम्बद्ध ५२ मुलुकका १०० वटा टिभी र नयाँ मिडिया प्लेटफर्ममा प्रसारण हुने भएका छन्।