नेपालमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने
2023-10-10 15:45:07CRI
Share with:

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ। सोमवार टेकुस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै महासंघले जानकारी दिएको हो। महासंघले नेपाल सरकारको सहयोगमा आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला  आयोजना गर्ने भएको छ। 

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गत वर्ष कोभिडको कारण निरन्तरता पाउन नसकेको मेला यो वर्ष आयोजना गर्न लागेको बताउनुभयो।

उहाँले नेपाल सरकारसँगको सहकार्यमा आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा हुन लागेको बताउनुभयो। उहाँले उक्त मेलाको लागि ५० प्रतिशत भन्दा बढी स्टलहरु बुकिङ भइसकेको बताउनुभयो। उहाँले मेलामा करिव ३ सय स्टलहरु रहने बताउनुभयो। 

उहाँले मेलामा ७० भन्दा बढी चीनबाट र ८० भन्दा बढी स्टल बुकिङ भारतबाट भएको उल्लेख गर्नुभयो। मेलामा बंलादेशबाट पनि ४० भन्दा बढी स्टल बुकिङ गरिएको छ। लामो समयपछि अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेकाले अन्तर्राष्ट्रिय व्यापार महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको नेपालखबर अनलाइनले लेखेको छ।