‘संयुक्त ‘बेल्ट एण्ड रोड’ को निर्माणः मानवजाति भाग्य एकरूपताको स्थापना गर्ने महत्त्वपूर्ण अभ्यास’ श्वेतपत्र सार्वजनिक
2023-10-10 10:36:17cri
Share with:

ज अक्टोबर १० तारिख चीनको राज्य परिषद् अन्तर्गत समाचार कार्यालयले पत्रकार सम्मेलनको योजना गरी संयुक्त बेल्ट एण्ड रोड को निर्माणः मानवजाति भाग्य एकरूपताको स्थापना गर्ने महत्त्वपूर्ण अभ्यास शीर्षकको श्वेतपत्रको सार्वजनिक गरेको छ।

उक्त श्वेतपत्रमा संयुक्त बेल्ट एण्ड रोड को निर्माणको तिहासिक पृष्ठभूमि, विचारधारा, साकार तुल्याउने तरिका, अभ्यासको उपलब्धि र अर्थलाई व्याख्या गरिनुका साथै सम्पूर्ण रूपमा संयुक्त बेल्ट एण्ड रोड प्रस्ताव प्रस्तुत गरिएको दश वर्षयता हासिल भएका प्रशस्त उपलब्धिहरू सम्बन्धमा जानकारी दिइएको छ। यसका साथै श्वेतपत्रमा चीनले संयुक्त बेल्ट एण्ड रोडको निर्माणको उच्च गुणस्तरीय विकासलाई अघि बढाएको विषय तथा विभिन्न मुलुकसँग मानवजति भाग्य एकरूपताको स्थापना गर्ने संकल्प र गतिविधिबारे जानकारी दिइएको छ।

श्वेतपत्रमा पाँच भाग समेटिएको छः पहिलो, संयुक्त बेल्ट एण्ड रोडको निर्माण चीनमा उद्गम भए तापनि विश्वसँग शेयर गरिने छ। दोस्रो, संयुक्त बेल्ट एण्ड रोडको निर्माणले संयुक्त विकास र समृद्ध बाटो बनाएको छ। तेस्रो, संयुक्त बेल्ट एण्ड रोडको निर्माणले मिलिजुली र विभिन्न क्षेत्रको दानप्रदानलाई अघि बढाएको छ। चौथो, संयुक्त बेल्ट एण्ड रोडको निर्माणले विश्व शान्ति र विकासमा शक्ति दिएको छ। पाँचौँ, स्थिर र दीर्ग संयुक्त बेल्ट एण्ड रोडको निर्माणलाई अघि बढाउने छ।

उक्त श्वेतपत्र चिनियाँ, अँग्रेजी, फ्रान्सेली, रूसी,जर्मनी, स्पेनिश,अरबी र जापानी गरी ८ वटा भाषामा प्रकाशन गरिएको छ।