माल्दिभ्सको ड्रीम पुल
2023-10-10 10:59:41CRI
Share with:

माल्दिभ्सको राजधानी मालेको मध्यभागमा रहेको सबैभन्दा जीवन्त बगैँचाको भित्तामा एउटा पुलको सुन्दर चित्र छ। यो चित्रकार आमिरले सन् २०१६मा सिर्जना गरेको ठूलो भित्तेचित्र हो।

विश्वको प्रसिद्ध टापु रिसोर्टहरू मध्येको एक, माल्दिभ्सको राजधानी माले विमानस्थल रहेको टापु र वरपरका टापुहरूलाई जोड्ने पुल हुनु नै माल्दिभ्सका मानिसहरूको पुस्तौँदेखिको सपना हो। तर गहिरो समुद्रको कोरल रीफको भूविज्ञानमा पुलको निर्माण सम्बन्धमा संसारमा कुनै उदाहरण थिएन।

सन् २०१४ को सेप्टेम्बरमा, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको माल्दिभ्सको राजकीय भ्रमण क्रममा, चीन र माल्दिभ्सले माले विमानस्थल टापू समुद्रपार पुलको संयुक्त निर्माण गर्ने सहमति गरेको थियो। 

सन् २०१८ को अगष्ट ३०मा, दुई वर्ष र आठ महिनाको समयपछि माल्दिभ्सको पहिलो समुद्रपार पुलको निर्माण पूरा भएको थियो। पुलको औपचारिक संचालनको पहिलो दिन, बिहान सयौँ मोटरसाइकलहरू पुलमा भेला भएर मानिसहरूले एक साथ उत्साहपूर्वक "पहिलो यात्रा" अनुभव गरेका थिए। 

चीन-माल्दिभ्स मैत्री पुल नाम राखिएको उक्त पुलले माल्दिभ्सका ३ वटा टापुलाई जोडेको छ साथै माल्दिभ्सको राजधानीको आर्थिक विकासका लागि यातायात सुविधा पनि प्रदान गरेको छ। चीन-माल्दिभ्स मैत्री पुल संचालनमा आएको पाचौँ वर्षमा, चित्रकार आमिरले पुलको नयाँ चित्र कोर्ने बताएका छन्।