नवप्रवर्तन सम्मेलन२०२३ शांगहाईमा
2023-10-11 16:34:11CRI
Share with:

चाइना मिडिया ग्रुप र शांगहाई जन सरकारले संयुक्त रुपमा आयोजना गरेको नवप्रवर्तन सम्मेलन२०२३ अक्टोबर ११ तारिख शांगहाईमा आयोजना भएको छ। यस पटकको सम्मेलनको मुख्य विषयवस्तु “नवप्रवर्तन, आत्मनिर्भरता” भन्ने रहेको छ। प्रसिद्ध विश्वविद्यालय, स्वदेशी तथा विदेशी स्टक एक्सचेन्जका जिम्मेवार व्यक्ति, विशेषज्ञ तथा विद्वान, वैज्ञानिक नवप्रवर्तन उद्योग-व्वयसायका जिम्मेवार व्यक्ति लगायतका २ सय जना प्रतिनिधिले वैज्ञानिक नवप्रवर्तन र व्यवसायको गहिरो मिश्रणको भविष्यबारे छलफल गरेका छन्। 

चिनियाँ कम्युनिष्ट पार्टीको शांगहाई समितिका सचिव छन चिनिङ, चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले उक्त सम्मेलनको उदघाटन समारोहमा भाग लिनुका साथै सम्बोधन गर्नुभयो।   

शनले अन्तर्राष्ट्रिय उत्कृष्ट नयाँ ढाँचाको मुख्य सञ्चार-माध्यमको रुपमा चाइना मिडिया ग्रुपले चीनको वैज्ञानिक नवप्रवर्तनको साक्षी बन्ने पक्ष र संलग्न पक्ष बनाउने, वैज्ञानिक नवप्रवर्तनमार्फत उच्च गुणस्तरको विकासलाई अगाडि बढाउने कुरा बताउनुभयो।