अन्तर्राष्ट्रिय समाजद्वारा मानव अधिकार कार्यमा चीनले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको उच्च मान्यता
2023-10-11 16:48:13CRI
Share with:

अक्टोबर १० तारिख ७८औं संयुक्त राष्ट्र संघीय महासभाले सन् २०२४-सन् २०२६ मानव अधिकार परिषदका सदस्यको निर्वाचन गरेको छ। चीन सफलताका साथ निर्वाचित भएको छ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले चीनले मानव अधिकार परिषदको सदस्यको जिम्मेवारी सम्हालेको यो छैठौं पटक भएको र चीन सबैभन्दा धेरै पटक निर्वाचित भएका मुलुकहरूमध्येको एक भएको बताउनुभयो।

वाङले चीनले जनतालाई केन्द्रको रुपमा राख्ने मानव अधिकार अवधारणा पालना गरेको र चीनको मानव अधिकार कार्यले ऐतिहासिक उपलब्धि हासिल गरेको कुरा बताउनुभयो। उहाँकाअनुसार, चीन फेरि मानव अधिकार परिषदको सदस्य बनेको कुराबाट अन्तर्राष्ट्रिय समाजले चीनको मानव अधिकार कार्यको विकास उपलब्धि स्वीकार गर्नुका साथै अन्तर्राष्ट्रिय मानव अधिकार कार्यमा चीनले निर्वाह गरेको महत्वपूर्ण भूमिकाको उच्च मान्यता दिएको कुरा प्रमाण गरिएको छ।

वाङले चीनले अन्तर्राष्ट्रिय मानव अधिकार कार्यको स्वस्थ विकासलाई अगाडि बढाउन र मानव भाग्य समुदायको सिर्जना गर्नका लागि ठूलो योगदान दिने कुरा बताउनुभयो।