संयुक्त बेल्ट एण्ड रोडको निर्माण प्रस्ताव प्रस्तुत गरिएको १० वर्ष
2023-10-11 15:58:46CRI
Share with:

“संयुक्त बेल्ट एण्ड रोडको निर्माण प्रस्ताव प्रस्तुत गरिएको १० वर्ष: विश्वको दक्षिण पक्षको सुअवसर।” अर्जेन्टिनाको “द टाइम्स” वेभसाइटले हाल यस शीर्षकको लेख प्रकाशित गर्दै अक्टोबर महिनामा पैचिङमा आयोजना गरिने तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहकार्य उच्च मञ्चबारे जानकारी दिएको छ। हाल विश्वभर १९० भन्दा बढी मुलुक र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरूले सो मञ्चमा सहभागी हुने निश्चित गरेका छन्। यस मञ्च किन यत्रो आकर्षक रहेको छ त? किनकी संयुक्त बेल्ट एण्ड रोडको निर्माण प्रस्ताव प्रस्तुत गरिएको १० वर्षयता वास्तविक र उल्लेखनीय उपलब्धि प्राप्त गरिएकाले विश्वका लागि लगातार रूपमा लाभ दिँदै आएको छ।

१० वर्षअघि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त रूपमा “रेशमी मार्गको आर्थिक पेटी” र “२१ औँ शताव्दीको समुद्री रेशमी मार्ग” को निर्माण प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। चीनले यसै अक्टोबर १० तारिख जारी गरेको संयुक्त बेल्ट एण्ड रोडको निर्माण: मानव जाति भाग्यको एकरूपताको स्थापना गर्ने महत्वपूर्ण वास्तविकता शीर्षकमा रहेको श्वेत पत्रबाट त्यसको सफल गोपनीयतालाई पनि स्पष्ट पारिएको छ।

हाल भौगोलिक राजनीतिक भिडन्त बारम्बार भइरहेको र विश्व आर्थिक पुनरूत्थान कमजोर रहिरहेको पृष्ठभूमिमा उक्त प्रस्तावको मूल्य अझ स्पष्ट देखिएकाले चीन र विश्वका लागि नयाँ सुअवसरको झ्याल खोल्नेछ।