नवौँ चीन अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार एक्स्पो आगामी नोभेम्बर २३ तारिख छङ तुमा आयोजना हुने
2023-10-11 10:47:12cri
Share with:

 

नवौँ चीन अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार एक्स्पो आगामी नोभेम्बर २३ तारिखदेखि २५ तारिखसम्म छङ तु शहरमा आयोजना हुने भएको छ।

 

चीन अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार एक्स्पो चीनको प्रतिलिपि अधिकार क्षेत्रको एउटै मात्र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतिलिपि अधिकार एक्स्पो हो। सन् २००८ मा स्थापना भएयता हरेक दुई वर्षमा यो एक्स्पोको आयोजना गर्दै आएको छ। हालसम्म यस एक्स्पोको आयोजना पैचिङ, छङ तु, क्वाङ चौ, सु चौ र हाङ चौमा गरी आठ पटक भइसकेको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभाग प्रतिलिपि अधिकार व्यूरोका प्रमुख, चीन अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार एक्स्पोको संयोजन समितिका सचिव वाङ च छङले यस पटकको एक्स्पोको नयाँ युगको महत्त्वपूर्ण तथा स्पष्ट विशेषता रहेको भन्दै इतिहासको नयाँ शुरुवातमा सांस्कृतिक समृद्धिलाई अघि बढाउन, संस्कृति सम्बन्धी शक्तिशाली मुलुकको निर्माण गर्न तथा चीन राष्ट्रको आधुनिक सभ्यताको निर्माण गर्न यो एउटा महत्त्वपूर्ण कदम भएको जानकारी दिनुभयो।