चीनको प्राचीन कालका प्रसिद्ध शिल्पकार लु पानका “विदेशी चेलाहरु”
2023-10-11 14:38:32CRI
Share with:

जिबुटी अफ्रिकाको उत्तर-पूर्वी भागमा अवस्थित छ। यो “बेल्ट एण्ड रोड” को संयुक्त निर्माणका लागि एउटा महत्त्वपूर्ण मुलुक हो। साथै, अफ्रिकाको पहिलो लु पान कार्यशाला यहाँ अवस्थित छ।

 

लु पान चीनको प्राचीन कालका प्रसिद्ध शिल्पकार थिए। उनको नामको कार्यशालाले उन्नतशील अनुभव तथा प्रबन्धहरु जिबुटी ल्याएर स्थानीय युवा-युवतीहरुलाई अरु बढी पेशागत सीप सिकाउँदै आएको छ। सन् २०१८ को सेप्टेम्बरमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलनलाई सम्बोधन गर्दै चीनले अफ्रिकामा १० वटा लु पान कार्यशालाको स्थापना गरी अफ्रिकी युवा-युवतीहरुलाई पेशागत सीप सम्बन्धी तालिम दिने घोषणा गर्नुभएको थियो।