अन्तर्राष्ट्रिय समाजले व्यवहारिक रुपमा भूमिका निर्वाह गरी प्यालेष्टाइन र इजरेलको परिस्थिति शिथिल बनाउन घच्घच्याउनुपर्नेः चीनको परराष्ट्र मन्त्रालय
2023-10-12 19:56:06CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले अक्टोबर १२ तारिख पत्रकार सम्मेलनमा हालसम्म तीन जना चिनियाँ नागरिकको प्यालेष्टाइन र इजरेलबीचको भिडन्तमा मृत्यु भएको, दुई जना सम्पर्कविहीन भएको र धेरै जना घाइते भएको जानकारी दिनुभएको छ। चीनले मृत्यु भएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै‍ मृतक परिवार र घाइतेहरू प्रति हार्दिक समवेदना व्यक्त गरेको छ। उहाँले चीनले सबै प्रभावकारी कदम चाल्ने र चिनियाँहरू र चिनियाँ सँस्थाको सुरक्षाको प्रत्याभूति गर्ने कुरा बताउनुभयो। 

वाङकाअनुसार, अन्तर्राष्ट्रिय समाजले व्यवहारिक रुपमा भूमिका निर्वाह गर्नुपर्ने, परिस्थिति शिथिल बनाउन संयुक्त रुपमा अगाडि बढाउनुपर्ने, प्यालेष्टिनी जनतालाई मानवीय सहायता दिनुपर्ने, शान्ति वार्ता पुनःशुरु गर्नुपर्ने छ।

वाङले चीनले सम्बन्धित पक्षसँग सम्पर्क गरी युद्ध-विराम र हिँसा रोक्न घच्घच्याउने, शान्ति वार्ता सक्रियताका साथ बढाउने कुरामा जोड दिनुभयो।