राष्ट्राध्यक्ष सीद्वारा च्याङ सी प्रान्तको निरीक्षण
2023-10-12 15:04:31cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अक्टोबर ११ तारिख च्याङ सी प्रान्तका चिङ त चन शहर तथा शाङ राउ शहरको निरीक्षण गर्नुभएको छ।

उहाँले चिङ त चन शहरको थाउ याङ ली ऐतिहासिक सांस्कृतिक सडक, छाङ ह विमान उद्योग लिमिटेड कम्पनी र शाङ राउ शहरको वु युआन जिल्लाको वाङ छुन गाउँको निरीक्षण गर्दै चिनियाँ माटो संस्कृतिको संरक्षण तथा पुस्तान्तरण, व्यावसायिक प्रविधिको आविष्कार, सिमसार पार्कको पर्यावरणीय संरक्षण र ग्रामिण क्षेत्रको पुन:उत्थान लगायत विषयहरुबारे जानकारी लिनुभएको छ।