चिनियाँ अर्थतन्त्रले बलियो लचिलोपन लिएर विश्व आर्थिक पुनरूत्थान बढाउने
2023-10-12 09:00:04CRI
Share with:

आन्तरिक पर्यटकको संख्या ८२ करोड ६० लाख पुगेको छ भने तुलनात्मक क्षमता अनुसार गत वर्षको सोही अवधिको तुलनामा ७१.३ प्रतिशत बढेको छ र सन् २०१९को भन्दा ४.१ प्रतिशत बढेको छ। यसका साथै आन्तरिक पर्यटन आय ७ खर्ब ५३ अर्ब ४३ करोड चिनियाँ युआन पुगेको छ भने तुलनात्मक क्षमता अनुसार १२९.५ प्रतिशत बढेको छ र सन् २०१९को भन्दा १.५ प्रतिशत बढेको छ। चलचित्रको बक्स अफिस २ अर्ब ७३ करोड चिनियाँ युआन पुगेको छ। राष्ट्रिय रेलमार्गबाट पुर्याइएको यात्रुको संख्या १६ करोड पुगेको छ……भर्खरै सकिएको मध्य शरद पर्व र राष्ट्रिय दिवस लामो विदा अवधिमा चिनियाँ उपभोग बजारमा एकदमै रमाइलो वातावरण देखिएको छ। जर्मनी “फ्रैंकफुर्टर अल्जेमेइन जेइतुङ” वेभसाइटका अनुसार, पर्यटन बूमलाई चिनियाँ आर्थिक पुनरूत्थान भएको प्रतीकको रूपमा मानिएको छ।

चीनको महामारी अवस्था स्थिर भएपछि यो पहिलो राष्ट्रिय दिवस विदा अवधि हो। चिनियाँ तथा विदेशी बजार संस्थाको सामान्य अनुमानका अनुसार, चिनियाँ आर्थिक पुनरूत्थानको पाइला तिव्र भएसँगै आन्तरिक उपभोग बजारसमक्ष लामो समयसम्म नदेखिने रमाइलो दृश्य देखिनेछ।

गत ८ दिन व्यस्त रेलवे स्टेशन, भीडभाड दृश्यावलोकन क्षेत्र, रमाइलो प्रदर्शन बजार आदिबाट उक्त दृष्टकोण प्रमाणित भएको छ। मिडियाका अनुसार, यसै राष्ट्रिय दिवस विदा “पाँच वर्षयता सबभन्दा चर्चित सुनौलो हप्ता” हत्र।

हाल विश्व आर्थिक पुनरूत्थानको कमजोर देखिन्छ भने बाह्य वातावरण अझ जटिल भएको छ यसका साथै चिनियाँ अर्थतन्त्रले नै निरन्तर पुनःरूत्थान भएर लचिलोपन र जीवन शक्ति देखाएको छ।

स्थिर विकास नीतिका प्रभाव जारी भइरहँदा चीनको आर्थिक सञ्चालनमा सकारात्मक कारक बढ्दै जाने अपेक्षा गर्न सकिन्छ। विश्व आर्थिक बृद्धि शक्ति अभावको पृष्ठभूमिमा चिनियाँ अर्थतन्त्रले बलियो लचिलोपन लिएर विश्व आर्थिक पुनरूत्थान बढाउनेछ।