“बेल्ट एण्ड रोड”को साझा निर्माणले आशाको प्रकाश चम्काएको
2023-10-12 16:31:03CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले अक्टोबर १२ तारिख नियमित पत्रकार सम्मेलनमा विकास मानव समाजको मुख्य विषयवस्तु हो भन्दै “बेल्ट एण्ड रोड” प्रस्तावले विश्वको विभिन्न मुलुकका लागि साझा विकास र समृद्धि बाटोको निर्माण गरेको, चीनको दायित्व देखाएको कुरा बताउनुभएको छ। 

वाङकाअनुसार, दश वर्षयता “बेल्ट एण्ड रोड” प्रस्तावबाट साझा निर्माणमा सहभागी मुलुकका सर्वसाधारणहरूले साझा विकासको आशा गरेका छन्।  विश्व बैंकको अनुमानअनुसार, सन् २०३०सम्म “बेल्ट एण्ड रोड”को साझा निर्माणबाट साझा निर्माणमा सहभागी मुलुकहरूका ७६ लाख जना चरम गरिबीबाट मुक्त भएको र ३ करोड २० लाख जना मध्य गरिबीबाट मुक्त भएका छन्।

दश वर्षको वास्तविकताबाट प्रमाणित गरिएअनुसार, “बेल्ट एण्ड रोड”को साझा निर्माणले समृद्धिको बाटो खोलेको मात्र नभई आशाको प्रकाश चम्काएको छ। चीनले तेस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चलाई सुअवसरको रुपमा लिएर अन्तर्राष्ट्रिय समाजसँग अनुभवको निचोड निकाल्ने र ब्लुप्रिन्ट कोर्ने आशा लिएको छ।