“कफी राजदूत”का रूपमा समेत चर्चित चीनका लागि रुवाण्डाका राजदूत
2023-10-12 15:00:46CRI
Share with:

चीनका लागि रुवाण्डाका राजदूत जेम्स किमोन्योले धेरै पटक चीनको स्टुडियोमा बसेर प्रत्यक्ष प्रसारणमार्फत रुवाण्डाका विशेष मालसानहरुको प्रचार-प्रसार गर्नुभएको छ। यसैकारण, उहाँ “रुवाण्डेली मालसानका अतिविशिष्ट प्रवक्ता” समेत कहलिनुभएको छ।

 

रुवाण्डाको विशेष वातावरणमा उत्पादित कफीको विशिष्ट स्वाद छ। सन् २०१८ को जुलाई महिनामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले रुवाण्डाको भ्रमण गर्नुभएको थियो। सो अवधिमा दुई देशका राष्ट्रनायकहरू “बेल्ट एण्ड रोड” को निर्माण लगायत द्वीपक्षीय सहयोग सम्बन्धी धेरै दस्ताबेजको हस्ताक्षर समारोहमा उपस्थित हुनुभएको थियो। केही महिनापछि रुवाण्डाको कफी बिन इ-व्यापार चौतारोबाट चीनतर्फ निर्यात गर्न थालिएको थियो।

 

चीनको डिजिटल आर्थिक विकास तीव्र गतिले भइरहेको अवस्थामा राजदूत जेम्स किमोन्योले रुवाण्डाका अरु विशेष मालसामानहरुलाई चीनमा ल्याएर दुई देश बीचमा सहयोग पूलको निर्माण गर्नुभएको छ।