चीनद्वारा विभिन्न पक्षसँग संयमता अपनाउन अपिल
2023-10-13 16:32:09CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले अक्टोबर १३ तारिख नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएको छ। प्यालेष्टाइन र इजरेलबीचको भिडन्तसम्बन्धी प्रश्नको जवाफ दिँदै वाङले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य एवम् केन्द्रीय वैदेशिक मामिला आयोगका निर्देशक वाङ यीले ब्राजिलका राष्ट्रपतिका प्रथम विशेष सल्लाहकार आमोरिमसँग टेलिफोन गर्दै प्यालेष्टाइन र इजरेलको भिडन्तबारे वैचारिक आदान-प्रदान गर्नुभएको कुरा बताउनुभएको छ। 

प्रवक्ता वाङकाअनुसार, वाङ यीले प्यालेष्टाइन र इजरेलको तनावपूर्ण परिस्थितिबाट धेरै सर्वसाधारणको हताहतप्रति चीनलाई दुःख लागेको बताउँदै चीनले सर्वसाधारणलाई हानी पुर्‍याउने कारवाहीको विरोध गरेको र अन्तर्राष्ट्रिय ऐनको उल्लंघनप्रति निन्दा गरेको बताउनुभयो। 

यसका साथै वाङ यीले चीनले विभिन्न पक्षसँग संयमको धारणा लिन आव्हान गरेको कुरामा जोड दिनुभयो।