भियतनामको हाई छोङ बिजुली स्टेशनका चिनियाँ युवा निर्माणकर्ता ली तोङको कथा
2023-10-13 09:00:05CRI
Share with:

“बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गरिएको दश वर्षयता आबद्ध मुलुकका जनताहरूलाई लाभ दिनुका साथै विश्वलाई साझा समृद्धि, मानव भाग्य समुदायको सिर्जना गर्ने सुन्दर इच्छातर्फ लम्कन घच्घच्याएको छ। सो क्रममा चिनियाँ पूंजीबाट संचालित संस्थानका युवाहरूले विदेशमा काम गर्नुका साथै “बेल्ट एण्ड रोड” को साझा निर्माणका लागि योगदान दिएका छन्। 

ली तोङ सन् १९९०पछि जन्मेका युवा हुन्। उनी चीन ऊर्जा ईन्जिनियरिङ समूहका कर्मचारी हुन्। चार वर्षअघि उनी चीन ऊर्जा ईन्जिनियरिङ समूहले भियतनाममा लगानी लगाएको हाई छोङ बिजुली स्टेशन परियोजनामा प्रवेश गरेका थिए। उनी विदेशमा कार्यरत निर्माणकर्ता बनेका छन्। ली तोङ भन्छन् “शुरूमा मेरो मनमा गहिरो छाप परेको थियो। बिजुली कारखाना कछाड क्षेत्रमा पर्दछ। पहिलो पटक आउँदा राजमार्ग पार भएपछि नदी देखियो। नदीमा पुल थिएन। हामी जहाजद्वारा त्यो परियोजना अवस्थित ठाउँ पुगेका थियौँ।” 

त्यस अवधिमा हाई छोङ बिजुली स्टेशनको निर्माण भइरहेको थियो। हाम्रो कार्यालय अस्थायी कोठा थियो। ली तोङको मनमा परेको गहिरो छाप के हो भने लोडसेडिङले बिजुली स्टेशनको निर्माण परियोजनालाई ठूलो चुनौती ल्याएको थियो। ली तोङ भन्छन् “हामी आउँदा शुरूमा बिजुली स्टेशनको परियोजना निर्माणाधीन अवस्थामा थियो। यहाँ बारम्बार बिजुली जान्थ्यो। काम गर्दा पनि बिजुली बन्द हुन्थ्यो। यहाँ उच्च तापक्रम छ। हामीले बिजुली स्टेशनको निर्माण गरेपछि बिजुली बन्द हुने अवस्थामा कमी आएको छ।” 

सन् २०२० नोभेम्बर २४ तारिख हाई छोङ बिजुली स्टेशनको नम्बर एक सेट वाणिज्य प्रयोगमा आएको थियो। सन् २०२१ जनवरी २५ तारिख नम्बर दुई सेट पनि प्रयोगमा आएको थियो। बिजुली स्टेशनको निर्माण पूरा भएपछि यसले स्थानीय आर्थिक तथा सामाजिक फाइदा ल्याएको छ। ली तोङलाई खुशी लागेको छ। उनी भन्छन् “हाम्रो परियोजनाले निर्माण पूरा भएपछि भियतनामको उत्तरी क्षेत्रको आर्थिक विकासका लागि बिजुलीको प्रत्याभूति दिँदै उपलब्ध गराएको छ। हाम्रो परियोजनाले स्थानीय सामाजिक तथा आर्थिक र औद्योगिक विकास योजनाको माग पूरा गरेको छ र त्यसले ठूलो आर्थिक फाइदा ल्याएको साथै स्थानीय जनताको जीवन स्तरमा सुधार ल्याउनुकासाथै  भियतनामको शहरीकरण प्रक्रियालाई गति प्रदान गरेको छ र स्थानीय उद्योगको विकासलाई बढाएको छ। पहिले यहाँ गाउँ थियो। तीन चार वर्षको निर्माणपछि रेस्टुरेन्ट, फलफूल पसल, वासिन्दाको आबास अझै बढ्दैगएको छ। हाम्रो परियोजनाका कारण स्थानीय सरकारले नजिकैको सडक पुनःनिर्माण गरेको छ र पुलको निर्माण गरेको छ।”