चालू वर्षका अघिल्ला तीन त्रिमासिक अवधिमा चीनको आयात-निर्यात कुल रकम ३०८ खर्ब चिनियाँ युआन
2023-10-13 16:16:56CRI
Share with:

चीनको राज्य परिषदको प्रेस कार्यालयले अक्टोबर १३ तारिख पत्रकार सम्मेलनको आयोजना गरेको छ। चीनको मुख्य भन्सार कार्यालयका जिम्मेवार व्यक्तिले जनाएअनुसार, चालू वर्षका अघिल्ला त्रैमासिक अवधिमा चीनको सामान व्यापारको आयात-निर्यात कुल रकम ३०८ खर्ब चिनियाँ युआन पुगेको छ। चीनको वैदेशिक व्यापारको आयात-निर्यात स्थिर छ। 

भन्सार कार्यालयको तथ्यांकअनुसार, चालू वर्षका अघिल्ला त्रैमासिकमा चीनले “बेल्ट एण्ड रोड”को साझा निर्माणमा रहेका मुलुकहरुलाई आयात र निर्यात गरेको कुल रकम गत वर्षको सोही अवधिको तुलनामा ३.१प्रतिशतले बृद्धि भएको छ भने यसले चीनको कुल आयात-नि‍र्यात कुल रकमको ४६.५ प्रतिशत ओगटेको छ।