११औँ विश्व भिडियो मिडिया मञ्च पैचिङमा शुरू
2023-10-13 09:48:59cri
Share with:

अक्टोबर १२ तारिखबाट चाइना मिडिया ग्रूपद्वारा आयोजित ११औँ विश्व भिडियो मिडिया मञ्च पैचिङमा शुरू भएको छ। चिनियाँ प्रचार मन्त्रालयका उपमन्त्री एवम् चाइना मिडिया ग्रूपका प्रमुख शन हाई स्यौङ, चीनको राज्य परिषद्अन्तर्गत समाचार कार्यालयका प्रमुख सुन ये लीले मञ्चमा सहभागी हुँदै आफ्नो मन्तव्य राख्नुभएको छ।

साथै, अफ्रिकी रेडियो लिग, एशिया-प्रशान्त रेडियो लिग, संयुक्त अरब इमिरेट्स समाचार समिति, युरोप समाचार आदानप्रदान लिग तथा सिंगापुरसंयुक्त बिहान अखबारआदि सञ्चारमाध्यमका जिम्मेवार व्यक्तिले मञ्चलाई सम्बोधन गरेका छन्।

प्रमुख शन हाई स्यौङले आफ्नो मन्तव्यमा चीनले मूलतः प्रस्तावदेखि विश्वको सहमतिसम्म संयुक्तबेल्ट एण्ड रोडको निर्माणबाट विश्वलाई घनिष्ठरूपमा जोडेको, पहाडलाई होचो बनाएको, टाढा बाटोलाई नजिक ल्याएको बताउनुभएको छ। चाइना मिडिया ग्रूपबेल्ट एण्ड रोडप्रस्तावको सहभागी, साक्षी र कथाकार भएर अन्तर्राष्ट्रिय समाचार रिपोर्टिङ तथा विश्वव्यापी सहयोग प्रचारमार्फतबेल्ट एण्ड रोडनिर्माणमा ऊर्जा दिइरहेको प्रमुख शनले व्यक्त गर्नुभएको छ। चाइना मिडिया ग्रूपले विभिन्न मुलुकका सञ्चारमाध्यमसँग जिम्मेवारी वहन गरी संयुक्तबेल्ट एण्ड रोडको नयाँ अध्याय लेख्न ऊर्जा दिने पनि उहाँले बताउनुभएको छ।