चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा याङसी नदी आर्थिक बेल्ट क्षेत्रको उच्च गुणस्तरीय विकासलाई अघि बढाउने गोष्ठीको अध्यक्षता
2023-10-13 09:42:28cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १२ तारिख अपरान्ह चीनको च्याङसी प्रान्तको नानछाङ सहरमा आयोजित याङसी नदी आर्थिक बेल्टको उच्च गुणस्तरीय विकासलाई अघि बढाउने गोष्ठीको अध्यक्षता गर्नुभएको छ।

उहाँले जोड दिँदै सम्पूर्ण र सही रूपमा नयाँ विकसित विचारधारालाई अपनाएर याङसी नदीको संरक्षणलाई प्राथमिकतामा राखेर पर्यावरणीय वातावरणको संरक्षण गरी हरित विकासलाई कायम राख्नुपर्ने बताउनुभएको छ।

प्राविधिक सिर्जनाबाट पर्यावरणीय वातावरणको संरक्षण र आर्थिक सामाजिक विकासको समन्वय गरेर याङसी नदी आर्थिक बेल्टको उच्च गुणस्तरीय विकासलाई अघि बढाउँदै चिनियाँ शैलीको आधुनिकीकरणलाई सेवा प्रदान गर्न राष्ट्राध्यक्ष सीले आफ्नो सम्बोधनमा जोड दिनुभएको छ।