तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल असोज २९ बाट हुने
2023-10-13 15:45:28CRI
Share with:

‘हाम्रो गोल दुर्व्सनविरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप असोज २९ बाट सुरु हुने भएको छ।

चक्रघट्टी फुटबल क्लबको आयोजनामा महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा हुने खेलमा नेपला र भारतका आठ वटा टिमले सहभागी जनाउने छन् । 

असोज २९ गतेदेखि कात्तिक ६ गतेसम्म सञ्चालन हुने खेलमा वराहक्षेत्र ११, बक्लौरी फुटबल क्लब, चित्ल्याङ्ग फुटबल क्लब, काठमाडौं, ब्रीगेड ब्वाइज क्लब, काठमाडौं, शान्तिनगर फुटबल क्लब, इटहरी, बि.एस.के. क्लब भारत, चक्रघट्टी फुटबल कल्ब र फ्युजन फुटबल क्लब, उदयपुर बिच हुने गोल्ड कप संयोजक दिनेश राईले जानकारी दिनुभयो। 

प्रथम पुरस्कार दुई लाख र द्वितीय पुरस्कार एक लाख राशिसहित सिल, टफि, मेडल, मेन अफ द म्याच, बेस्ट खेलाडीलाई नगद, ट्रफि मेडल राखिएको आयोजक चक्रघट्टी फुटबल कल्बका अध्यक्ष सुनिल श्रेष्ठले बताउनु भयो । 

बराहक्षेत्र नगरपालिका खेलकुद विकास समिति संरक्षक रहेको गोल्ड कपको प्रायोजक वाइवाइ र विशेष सहयोगि सुनसरी जिल्ला फुटबल संघ रहेको आयोजकले जनाएको छ। गोरखापत्र अनलाइन।