साउदी अरेबियाको हरित भविष्य
2023-10-13 10:56:01CRI
Share with:

साउदी अरेबिया एसिया, अफ्रिका तथा युरोपलाई जोड्ने ठाउँमा अवस्थित छ। त्यो “बेल्ट एण्ड रोड आर्थिक क्षेत्र” तथा “२१औँ शताब्दीमा समुद्री रेशमी मार्ग” जोड्ने महत्त्वपूर्ण क्षेत्र पनि हो।

 

सन् २०१६ को जनवरी महिनामा साउदी अरेबियाका राजा मोहम्मद बीन सलमानको निम्तोमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले साउदी अरेबियाको राजकीय भ्रमण गर्नुभएको थियो। त्यस पटकको ऐतिहासिक भ्रमणमा चीन र साउदी अरेबियाले रणनीतिक सम्पर्कको विकासलाई सबल पारी “बेल्ट एण्ड रोड” को निर्माणलाई अघि बढाउने क्षेत्रमा गहन सहयोग गर्ने सहमति जनाएका थिए।

 

“बेल्ट एण्ड रोड”को संयुक्त निर्माण सम्बन्धी प्रस्तावको सहयोगमा साउदी अरेबियाले राष्ट्रिय सुधार थालेको छ। विगत ७ वर्षयता दुई मुलुकका राष्ट्रनायकको संयुक्त प्रयासमा चीन र साउदी अरेबिया बीचको व्यावहारिक सहयोग तीव्र गतिले विकास हुँदै आएको छ।