गाजा क्षेत्रको भग्नावशेषको दृश्य
2023-10-13 15:10:41CRI
Share with:

प्यालेष्टाइन र इजरायल बीच भिडन्त भएदेखि गाजा क्षेत्रबाट करिब ३ लाख ३८ हजार स्थानीय मानिस घरविहीन भएको छ। विगत २४ घण्टामा मात्रै सो संख्या ३० प्रतिशतले वृद्धि भएको छ।

 

गाजा क्षेत्रमा रहेको खान युनिस शहरको सम्पूर्ण सडक इजरायली सेनाको हवाई आक्रमणमा ध्वस्त भएको छ। स्थानीय बासिन्दाहरु भग्नावशेषमा आफ्ना सरसामान खोज्दै छन्। स्थानीय बासिन्दा अब्दुल रहमान ओबाइदले हवाई आक्रमणपछि आफूसँग एउटा बिरालोबाहेक अरु कुनै सम्पति नरहेको बताएका छन्।