“लिडर्स टक” कार्यक्रम प्रसारणको प्रथम वार्षिकोत्सव
2023-10-14 16:23:32CRI
Share with:

चाइना मिडिया ग्रुपको “लिडर्स टक” कार्यक्रम प्रसारण भएको पहिलो वार्षिकोत्सव गोष्ठी अक्टोबर १३ तारिख पैचिङमा आयोजना भएको छ। चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले उक्त गोष्ठीको अध्यक्षता गर्नुभयो।

“लिडर्स टक” कार्यक्रम चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं महाधिवेशन आयोजना हुनुअघि प्रस्तुत गरिएको थियो। चालू वर्षको अक्टोबर ६ तारिखसम्म ४७ श्रृंखला प्रसारण गरिएको छ भने ४१ जना अन्तर्राष्ट्रिय राष्ट्रनायक र ६ जना अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिले “लिडर्स टक” कार्यक्रमलाई विशेष अन्तर्वार्ता दिएका छन्। अन्तर्राष्ट्रिय समाजले उक्त कार्यक्रममाथि ध्यान दिएको छ।

 

शन हाईस्युङले “लिडर्स टक” कार्यक्रमले विश्वको ताप बिन्दु समस्याबारे सदिच्छापूर्ण र व्यापक अन्तर्वार्ता लिएको र शान्तिपूर्ण विकासको युगीन आवाज प्रसारण गरेको कुरा बताउनुभयो।