वाङ यी र कूटनीति तथा सुरक्षा नीतिसम्बन्धी युरोपेली संघका उच्च प्रतिनिधि बोरेलद्वारा पत्रकारसँग भेटघाट
2023-10-14 16:05:34CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यी र कूटनीति तथा सुरक्षा नीतिसम्बन्धी युरोपेली संघका उच्च प्रतिनिधि जोसे बोरेलले अक्टोबर १३ तारिख चीन-युरोप उच्चस्तरीय रणनीतिक वार्ता गर्नुभएपछि संयुक्त रुपमा पत्रकारसँग भेटघाट गर्नुभएको छ। 

वाङ यीले हाल प्यालेष्टाइनको परिस्थिति तनावपूर्ण भैरहेको कुरा व्यक्त गर्नुका साथै चीनको विचारमा पहिलो, युद्ध-विराम छिटो रुपमा रोक्नुपर्ने, दोस्रो, अन्तर्राष्ट्रिय मानवीय ऐन पालना ग‍र्नुपर्ने र गम्भीर मानवीय प्रकोप हुन दिनु नहुने, तेस्रो, सम्बन्धित विभिन्न मुलुकले संयमलाई कायम राख्नपर्ने, चौथो, संयुक्त राष्ट्र संघले प्यलालेष्टिनी समस्याको समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने कुरा बताउनुभयो।