चाइना मिडिया ग्रुपको "सभ्यताको यात्रा" ग्लोबल टुर प्रदर्शनीः विशेष प्रदर्शनी लण्डनमा
2023-10-14 18:39:14CRI
Share with:

स्थानीय समयअनुसार अक्टोबर १२ तारिख चाइना मिडिया ग्रुपको  "सभ्यताको यात्रा" ग्लोबल टुर प्रदर्शनीः विशेष प्रदर्शनीको उदघाटन समारोह लण्डनमा आयोजना गरिएको छ। चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। बेलायतका लागि चिनियाँ राजदूतावासका प्रतिनिधि, बेलायतका लागि केही मुलुकहरूका राजदूतहरू, बेलायतका प्रसिद्ध विशेषज्ञ तथा विद्वान, युवा विद्यार्थीलगायतका ८० जना उक्त समारोहमा सहभागी थिए। 

चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले चीनका राष्ट्राध्यक्ष सी चिनफिङको विश्व सभ्यता प्रस्तावको ब्लुप्रिन्टको निर्देशमा चिनियाँ जनताले चिनियाँ राष्ट्रको आधुनिक सभ्यताको निर्माण गर्न र मानव सभ्यता विकासको नयाँ प्रगति बढाउन प्रयास गर्दैआएको कुरा बताउनुभयो। उहाँले चाइना मिडिया ग्रुपले सञ्चार-माध्यमको दायित्वको अक्षरशःपालना गर्ने, चिनियाँ राष्ट्रको सभ्यताको प्रचार-प्रसार गर्ने, चीन र यूरोपको जन र सँस्कृतिको आदान-प्रदान बढाउने, मानव भाग्य समुदायको सिर्जना गर्नका लागि योगदान दिने कुरामा जोड दिनुभयो।