सी चिनफिङको च्याङ सी निरीक्षणमा याङ सी नदी आर्थिक पेटीको उच्च गुणस्तर विकासका लागि योजना
2023-10-14 16:49:36CRI
Share with:

अक्टोबर १० तारिखदेखि १३ तारिखसम्म सी चिनफिङले च्याङ सी प्रान्तको निरीक्षण गर्नुभयो। उहाँले गोष्ठीको अध्यक्षता गर्दै याङ सी नदी आर्थिक पेटीको उच्च गुणस्तर विकासलाई अगाडि बढाउने विषयबारे योजना प्रस्तुत गर्नुभयो।

याङ सी नदी आर्थिक पेटीको विकास चीनको बृहत् क्षेत्रीय विकास रणनीति हो। सी चिनफिङले याङ् सी नदी आर्थिक पेटीको विकासमा उच्च महत्व दिनुभयो। उहाँले हालैका आठ वर्षमा याङ सी नदी आर्थिक पेटीको गोष्ठीको अध्यक्षता गर्नुभएको यो चौथो पटक हो। उहाँको योजनामा याङ सी नदी आर्थिक पेटी विश्वको प्रभावशाली आर्थिक पेटी बन्ने, पूर्व, मध्य र पश्चिमको सहकार्यको समन्वय विकास पेटी बन्ने, समुद्री तटवर्तीको खुला पेटी बन्ने, पर्यवरणीय सभ्यता निर्माणको नमूना पेटी बन्ने छ।

हरित विकास सी चिनफिङको पर्यावरणीय सभ्यता विचारधाराको केन्द्रीय विषय हो। च्याङ सीको निरीक्षण क्रममा याङ सी नदी किनारको पर्यावरणीय पुनर्स्थापना, पेट्रोलियम तथा रासायनिक वस्तु उद्योग-व्यवसायको हरियो विकासबाट सी चिनफिङले पर्यावरणीय संरक्षण र हरित विकासमा महत्व दिनुभएको कुरा देखिएको छ।

हजार वर्षको इतिहास रहेको पोर्सिलेन शहर चिङ तचनको निरीक्षण गर्दै सी चिनफिङले पोर्सिलेन चीनको मूल्यवान वस्तु हो र पनि चिनियाँ सभ्यताको परिचय कार्ड हो भन्नुभयो।