《समृद्धितर्फ जाने बाटो》:पहाड तथा समुद्रलाई पार गर्दै
2023-10-14 17:14:30CRI
Share with:

आजको संसारमा जडानको प्रयास कहिल्यै रोकिएको छैन। हामी कसरी अन्तरसम्बन्धका अवरोधहरू तोडेर विश्वलाई समावेशी र सन्तुलित विकासको बाटोमा लैजान सक्छौं? सन्२०१९ अप्रिल २६तारिखमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले दोस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनको उद्घाटन समारोहमा मुख्य भाषण दिनुभयो: “उच्च गुणस्तर, दिगो, जोखिम प्रतिरोधी, उचित मूल्य, समेटिएको पूर्वाधारको निर्माण।” विगत दश वर्षमा पूर्वाधार जडानमा बाधा पुर्‍याउने थुप्रै चुनौतीहरूको सामना गर्दै चीनबाट आएका निर्माणकर्ताहरूले सम्बन्धित राष्ट्रका निर्माणकर्ताहरुसँग धेरैजसो "असम्भव" लाई वास्तविकतामा परिणत गरेको देखिन्छ।