श्रीलंकाका राष्ट्रपति रनिल विक्रमेशिंघेसित विशेष अन्तर्वार्ता
2023-10-14 18:44:08CRI
Share with:

तेस्रो “बेल्ट एण्ड रोड” अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चअघि श्रीलंकाका राष्ट्रपति रनिल विक्रमेशिंघेले चाइना मिडिया ग्रुपको “लिडर्स टक” कार्यक्रमलाई विशेष अन्तर्वार्ता दिनुभयो। 

विक्रमेशिंघेले चीनमा ठूलो परिवर्तन देखेको बताउँदै हालको चीन उहाँले पहिले भ्रमण गर्नुभएको चीनभन्दा फरक रहेको बताउनुभयो। उहाँकाअनुसार, आजको चीन विश्वको शक्तिशाली मुलुक बनिसकेको छ। उहाँले पहिलो पटक चीनको भ्रमण गर्दाको दौरान सडकमा साइकलले भरिएको थियो तर हाल मोटर गाडीले भरिएको छ। पहिले उहाँ आउँदा चीनमा कारखाना थोरै थिए। शन चन शहर पनि विकसित थिएन। तर उहाँले फेरि चीनको भ्रमण गर्दा शन चन विकसित भयो। चीनले ठूलो प्रगति हासिल गरेको छ। विश्वका धेरैले उनको जीवनमा यस्तो विकास परिवर्तन देख्न सक्दैनन्। चीनको विकास उपलब्धिप्रति अचम्म लागेको पनि उहाँले बताउनुभयो।