यिवूबाट म्याड्रिडसम्मको यात्रा
2023-10-14 17:03:44CRI
Share with:

" यी-सिन-युरोप " रेलमार्ग चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको व्यक्तिगत निर्देशनअन्तर्गत सुरु गरिएको हो। सन्२०१४ सेप्टेम्बर २६ तारिख राष्ट्राध्यक्ष सीले चीन भ्रमणमा रहनुभएका स्पेनका प्रधानमन्त्री राजोयलाई निमन्त्रणा पठाउनुभयो। "यी-सिन-युरोप" रेलमार्ग चीनको च च्यङ्ग प्रान्तको यिवूबाट म्याड्रिडको गन्तव्यमा पुग्ने योजना थियो।चीनले स्पेनलाई  यस रेलमार्गको निर्माण र सञ्चालनमा भाग लिन स्वागत गरेको छ। यी दुई राष्ट्र प्रमुखहरूको बैठक भएको ५३ दिनपछि मात्रै पहिलो "यी-सिन-युरोप" चाइना-युरोप मालवाहक रेलले यिवू वेस्ट स्टेशनबाट प्रस्थान गरेको थियो। चीनको यिवू र म्याड्रिडबीच पहिलो पटक सम्पर्कलाई व्यवहारमा उतारिएको देखिन्छ।