चाइना मिडिया ग्रुप र अफ्रिकी सञ्चार-माध्यमहरूद्वारा “बीआरआई प्रारुपमा चीन-अफ्रिका सञ्चारको कारवाही प्रस्ताव” सार्वजनिक
2023-10-15 16:14:42CRI
Share with:

तेस्रो “बीआरआई” अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको आयोजना हुनलागेको अवसरमा चाइना मिडिया ग्रुपले अफ्रिकी मुलुकहरूका धेरै सञ्चार-माध्यमहरूसँग “बीआरआई प्रारुपमा चीन-अफ्रिका सञ्चार-माध्यमहरूको कारवाही प्रस्ताव” संयुक्त रुपमा सार्वजनिक गरेको छ। अफ्रिकी ब्रोडकास्टिङ संघलगायतका ५० वटा अफ्रिकी सञ्चार-माध्यम संगठनहरू र संस्थानहरूले उक्त कारवाही प्रस्तावको समर्थन दिएका छन्। चीन र अफ्रिकी सञ्चार-माध्यमहरूले भिडियो खिच्न सहकार्य गर्ने, लिडर्स टक, चलचित्रको प्रदर्शनी, सञ्चार-माध्यमको आयोजना गर्ने कार्यक्रमहरूमार्फत चीन र अफ्रिकाको मित्रतालाई सबल पार्ने छन्।

चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङले भिडियो सम्बोधन गर्दै चाइना मिडिया ग्रुपले अफ्रिकी सञ्चार-माध्यमका मित्रहरूसँग एक अर्कालाई सिक्ने, चीन र अफ्रिकाको मैत्रीपूर्ण आदान-प्रदान, पारस्परिक हित र साझा विजयी र सपना साकार तुल्याउने कथा राम्रोसँग सुनाउने आशा लिएको कुरा बताउनुभयो।

 

अफ्रिकी ब्रोडकास्टिङ संघका सीईओ ग्रेगोरे नड्जाकाले भिडियो सम्बोधन गर्दै अफ्रिकी ब्रोडकास्टिङ संघले चिनियाँ सञ्चार-माध्यमसँग विश्व विकास हुँदैआएको र जीवन्त शक्ति रहेको कुरा अफ्रिकालाई देखाउने आशा लिएको कुरा बताउनुभयो।

 हालसम्म ५० वटा अफ्रिकी सञ्चार-माध्यमका संगठन र संस्थानले “बीआरआई प्रारुपमा चीन-अफ्रिका सञ्चार-माध्यमहरूको कारवाही प्रस्ताव”को सक्रियता साथ समर्थन दिने र सहकार्य गर्ने इच्छा प्रकट गरेका छन्।