वाङ यी र ब्लिन्कनबीच टेलिफोन वार्ता
2023-10-15 16:26:58CRI
Share with:

चीनका परराष्ट्र मन्त्री वाङ यी र अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्कनबीच अक्टोबर १४ तारिख टेलिफोनवार्ता भएको छ।

ब्लिन्कनले मध्य-पूर्वीको भ्रमण अवस्था, प्यालेष्टाइन र इजरेलबीचको भिडन्तबारे अमेरिकाको अडानबारे जानकारी दिनुभयो।  

वाङ यीले चीनले सर्वसाधारणलाई हानी पुर्‍याउने सबै कारवाहीको विरोध गरेको, अन्तर्राष्ट्रिय ऐन उल्लंघन सम्बन्धी सबै कर्तुतको निन्दा गरेको कुरा बताउनुभयो।

वाङ यीले चीनले अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको छिटो आयोजना गर्न र सहमति हासिल गर्न आव्हान गरेको कुरामा जोड दिनुभयो। उहाँले अमेरिकाले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने, प्यालेष्टाइन र इजरेलबीचको समस्यालाई राजनीतिक समाधानको बाटोमा छिटो रुपमा फर्कन अगाडि बढाउनुपर्ने कुरा बताउनुभयो।

 दुई पक्षले चीन र अमेरिकाको सम्बन्धबारे वैचारिक आदान-प्रदान गर्नुभयो। वाङ यीले हाल चीन र अमेरिकाले उच्च स्तरीय सम्पर्क गरेका, द्विपक्षीय सम्बन्धले स्थिर हुने प्रवृत्ति देखाएको, दुई मुलुकका जनता र अन्तर्राष्ट्रिय समाजले यसको स्वागत गरेका कुरा बताउनुभयो।

 ब्लिनकनले अमेरिकाले चीनसँग मिलेर राष्ट्रपति बाइडेन र राष्ट्राध्यक्ष सी चिनफिङले बाली टापू भेटवार्तामा प्राप्त गर्नुभएको सहमतिलाई व्यवहारमा उतार्ने, अमेरिका र चीनबीचको सम्बन्धलाई स्थिरता कायम राख्न अगाडि बढाउने आशा लिएको कुरा बताउनुभयो।