प्यालेस्टाइन समस्या समाधान गर्न "दुई-राज्य समाधान" किन अपरिवर्तनीय?
2023-10-15 16:32:26CRI
Share with:

किन प्यालेस्टाइन-इजरायली द्वन्द्वहरू बारम्बार भइरहेका छन्? प्यालेस्टाइनको स्वतन्त्र राज्य स्थापनाको लामो समयदेखिको चाहना पूरा हुन नसकेको र प्यालेस्टिनी जनताले भोगेको ऐतिहासिक अन्यायलाई सच्याउन नसक्नु नै यसको मूल कारण हो। प्यालेस्टाइन-इजरायली द्वन्द्वको यस चरणको प्रकोपले फेरि एक पटक प्रमाणित गर्छ कि "दुई-राज्य समाधान" को कार्यान्वयन प्यालेस्टाइन समस्याको आधारभूत समाधान हो।

 

एकातिर, "दुई-राज्य समाधान" ले प्यालेस्टाइन-इजरायली मुद्दामा संयुक्त राष्ट्र संघको प्रस्तावको भावनालाई प्रतिबिम्वित छ। सन्1948 मा पहिलो मध्य पूर्व युद्धपछि संयुक्त राष्ट्र संघले प्यालेस्टाइन-इजरायली मुद्दामा धेरै प्रस्तावहरू पारित गरेको छ, सबै प्रस्ताव प्यालेस्टाइन र इजरायल बीच शान्ति प्राप्त गर्न "दुई-राज्य समाधान" मा आधारित छ। 

साथै "दुई-राज्य समाधान" प्यालेस्टाइन र इजरायलद्वारा स्वीकार्य भएको एउटा मात्र समाधान हो। इजरायलीहरूको ठूलो बहुमत अझै पनि प्यालेस्टाइन र इजरायल बीच शान्तिपूर्ण सहअस्तित्व प्राप्त गर्न "दुई-राज्य समाधान" मात्र सम्भावना हो भन्ने विश्वास गर्दछ। स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापनाको लक्ष्य बिना प्यालेस्टाइन-इजरायली द्वन्द्व लामो समयसम्म चलिरहने छ।

यस बाहेक मध्यपूर्वको दिगो शान्ति सुनिश्चित गर्न "दुई-राज्य समाधान" एक मात्र उपाय हो। बहुसंख्यक अरब देशहरूले "दुई-राज्य समाधान" अन्तर्गत निर्मित प्यालेस्टाइन र इजरायल बीचको दिगो र न्यायपूर्ण शान्ति अरब-इजरायल सम्बन्धको सामान्यीकरणको लागि पूर्व शर्त हो भन्ने विश्वास गर्छन्। 

पछिल्लो समाचार अनुसार मध्यपूर्व समस्याका लागि चिनियाँ सरकारका विशेष दूतले निकट भविष्यमा यस क्षेत्रको भ्रमण गरी स्थितिलाई शान्त पार्न मद्दत गर्नेछन्। यसैबीच चीनले संयुक्त राष्ट्र संघको नेतृत्वमा जतिसक्दो चाँडो अन्तर्राष्ट्रिय शान्ति सम्मेलन बोलाउन आह्वान गरेको छ। "दुई-राज्य समाधान" पूर्ण रूपमा लागू भएपछि मात्र मध्यपूर्वले वास्तविक शान्तिको सुरुवात गर्न सक्छ।