चीन-युरोप फ्रेट ट्रेन पूर्वी च्यानलको ट्राफिक मात्रामा नयाँ रेकर्ड
2023-10-16 15:13:37cri
Share with:

 

चीनको रेल ग्रुपको हार्विङ ब्यूरोका अनुसार, यस वर्षयता चीन-युरोप फ्रेट ट्रेन पूर्वी च्यानलको मानचली, स्वीफन नदी, थु नदीको रेल नाकाको ट्राफिक मात्रा जम्मा गरी ४५८३ पुगेको छ भने ४ लाख ८९ हजार मानक कन्टेनरको सामान ढुवानी गरेको छ जुन गत वर्षको सोहि अवधिको तुलनामा बेग्लाबेग्लै गरी ९ प्रतिशत र २१.९ प्रतिशतले वृद्धि भएको छ।

 

हाल चीन-युरोप फ्रेट ट्रेन पूर्वी च्यानल रूस, पोल्याण्ड, जर्मनी, बेल्जियम लगायत १३ वटा मुलुक पुगेको छ र चीनका ६० भन्दा बढी शहरला जोडेको छ र ट्राफिक लाइन २४ वटा पुगेको छ। ढुवानी सामानमा विद्युतीय उत्पादन, दैनिक उपभोग्य वस्तु, औद्योगिक मेसिनरी, धातु, कृषि तथा साइडलाइन उत्पादन र काठ समेत गरी १२ किसिमका समावेश छन्।

 

यस वर्षका अघिल्ला ९ महिनामा चीन-युरोप फ्रेट ट्रेन पूर्वी च्यानल भएर फर्किने रेलको कुल संख्या देशभरको लगभग धा पुगेको छ र तीमध्ये मानचली नाकामा फर्किने रेलको संख्या शीर्ष स्थानमा रहेको छ।