एसियाली ओलम्पिक समितिद्वारा एसियाली खेलकुदको प्रशंसा
2023-10-16 10:01:41cri
Share with:

 

हाङ चौ शहरमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म १९ औँ एसियाली खेलकुद सफलतापूर्वक योजना गरिएको थियो। प्रतियोगिताको अवधिमा एसियाका मुलुक तथा क्षेत्रका खेलाडीहरुले मानवजातिको स्वर्ग हाङ चौमा उत्कृष्ट उपलब्धि हासिल गरेका छन्। एसियाली ओलम्पिक समितिले यस पटकको एसियाली खेलकुदको प्रशंसा गरेको छ।

 

यस पटकको एसियाली खेलकुदको उद्घाटन समारोहमा करोडौँ डिजिटल कणहरूला जोडेएउटा विशाल डिजिटल स्वरूपको ज्वाला बोक्ने मानिस बनाइएको थियो। अनि समापन समारोहमा यस डिजिटल स्वरूपको ज्वाला बोक्ने मानिसला फेरि करोडौँ मा छरेर एसियातर्फ उडाइएको थियो

 

समापन समारोहलाई सम्बोधन गर्दै एसियाली ओलम्पिक समितिका कार्यकारी अध्यक्ष राजा रणधिर सिंहले भन्नुभयो,

एसिया तथा विश्वले हाङ चौलाई मन पराएका छन्। आयोजक शहरको रुपमा हाङ चौको प्रदर्शन उत्कृष्ट रहेको छ। एसियाली ओलम्पिक समितिले त्यसलाई मनमा राख्ने छ। हामी एकबद्ध भय। यो खेलकुदको शक्ति हो र एसियाली खेलकुदको शक्ति हो। चीन सरकार, चिनियाँ ओलम्पिक समिति, हाङ चौबासी र हाङ चौ एसियाली संयोजन समितिलाई धन्यवाद ज्ञापन गर्छु। तपाईँहरुको राम्रो तयारीमा यस पटकको एसियाली खेलकुद धेरै सफल भएको छ।

 

यस पटकको एसियाली खेलकुद यसको इतिहासमा नै सबैभन्दा ठूलो परिमाणमा भएको खेलकुद समारोह हो। १२ हजार ४ सय भन्दा बढी खेलाडीहरुले विभिन्न प्रतियोगितामा भाग लिएका थिएयसपटकको एसियाली खेलकुदले ९७ किर्तिमानसहित २६ एसियाली किर्तिमान र १३ विश्व किर्तिमान तोडेको छ। एसियाली खेलकुदमा भाग लिएका विभिन्न देश तथा क्षेत्रका टोलीहरुमध्ये ६० प्रतिशतले स्वर्ण पदक जितेकन् भने ८५ प्रतिशतले रजत अथवा कांस्य पदक जितेकन्

 

एसियाली ओलम्पिक समितिका स्थायी मानार्थ उपाध्यक्ष वै चि चोङले यस पटकको खेलकुदले खेलाडीहरुलाई केन्द्रमा राख्ने अन्तर्राष्ट्रिय ओलम्पिक समितिको भावनाको प्रदर्शन गरेको भन्दै एसियाली ओलम्पिक समितिको लक्ष्य पूरा भएको बताउनुभयो,

यस पटकको एसियाली खेलकुदको सफल आयोजनाले भविष्यमा हामीला एसियाली खेलकुदको आयोजना गर्नका लागि एउटा मापदण्ड दिएको छ। यस्तो मापदण्डको आधारमा भावी एसियाली खेलकुद निरन्तर रुपमा सुधार हुने हामीले विश्वास गरेका छौँ।

 

हाङ चौ एसियाली खेलकुद संयोजन समितिका कार्यकारी सचिव छन् वै छ्याङ यस पटकको एसियाली खेलकुद हाङ चौको तीव्र विकासका लागि एउटा महत्त्वपूर्ण अवसर भएको ठहर गर्नुहुन्छ।

 

हामीले रोचक प्रतियोगिताको आयोजना गर्दै चिनियाँ संस्कृतिको प्रदर्शन गरेका छौँ। हामीले इतिहासमा सबैभन्दा सफल एसियाली खेलकुदको आयोजना गरेका छौँ।

 

छन् वै छ्याङले यस पटकको डिजिटल तथा स्मार्ट एसियाली खेलकुदमा प्राप्त भएको अनुभव ठूलो ढाँचे अन्तर्राष्ट्रिय खेलकुदको आयोजनाका लागि उपयोगी हुने तथा यसले भविष्यमा हाङ चौले आयोजना गर्ने अरू प्रतियोगिताको स्तर पनि उकास्ने ठहर गर्नुभयो। अरु उच्च स्तरीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्नुका साथै हाङ चौ एसियाली खेलकुद संयोजन समितिले एसियाली खेलकुदका रंगशालाहरुलाई सर्वसाधारणका लागि उपलब्ध गराउने प्रयास गर्ने छ।

 

२० औँ एसियाली खेलकुद सन् २०२६ मा जापानमा आयोजना हुने भएको छ।