चिनियाँ विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थीद्वारा रंगीचंगी प्रदर्शनी
2023-10-16 19:47:24CRI
Share with:

अक्टोबर १४ तारिख युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्स युकासको ४५औं वार्षिकोत्सव हो। सन् १९७८ देखि यो एकेडेमीले कैयन् देशका वैज्ञानिक प्रतिभालाई आकर्षित गरेको छ। विज्ञान र शिक्षालाई एकीकृत गर्ने अनुसन्धान विश्वविद्यालय हो भने नेपालबाट पनि वर्षेनी दर्जनौ विद्यार्थीहरूले अध्ययन गर्ने गर्दछन्। एकपछि अर्को गर्दै विज्ञान र प्रविधिका क्षेत्रमा फड्को मार्दै गरेको चीनले विश्वका युवापुस्तामाझ साहसपूर्वक चुचुरोमा चढ्न, र विज्ञानको चमत्कार अनुभव गर्नका लागि प्रेरित गरेको छ।

 

४५ वर्षको यात्राको उपलक्ष्यमा युछ्वानलुस्थित एकेडेमी प्रांगणमा रंगीन कार्यक्रमको आयोजना गरिएको थियो। जहाँ संसारका विभिन्न देशबाट आएका विभिन्न जातजातिका विद्यार्थीहरूले आआफ्नो देशको कला, संस्कृति, भेषभूषा, नाचगान र खानपान शैलीले एकअर्कालाई स्वागत गरेका छन्।

 

नेपालका विद्यार्थीहरूले पनि सक्दो प्रयास गरेर अन्य देशका नागरिकलाई प्रभावित गरेका छन्। कार्यक्रममा अध्ययनरत विद्यार्थी लगायत बेइजिङमा विभिन्न पेशा व्यवसायमा कार्यरत वा व्यवसायरत व्यक्तिहरूले सहभागिता जनाएका थिए।