#अल्पसंख्यक जाति# विदेशी सञ्चार माध्यमको तिब्बत यात्रा-२
2023-10-17 09:49:59cri
Share with:

अक्टोबर ३ तारिखदेखि ८ सम्म चिनियाँ अन्तर्राष्ट्रिय दानप्रदान केन्द्रको व्यवस्थापनमा २२ देशका लगभग ३० जना संचारकर्मीहरूले तिब्बती लिन्च र ल्हासा सहरको यात्रा गरेका छन्। उनीहरू स्थानीय पर्यावरणीय वातावरणको संरक्षण, अर्थतन्त्र तथा समाजको विकास, जातीय क्षेत्रको स्वायत्त प्रशासन, धार्मिक स्वतन्त्रता, जनजीवनको प्रत्याभूति लगायत विषयबारे गहिरो रूपमा जानकारी पाएका छन्।

 

लिनच शहरबाट ३१८ राजमार्गमा जाँदा उपत्यका पार परेर व्यापक ठाउँ पुगिन्छ। यो लुलाङ अन्तर्राष्ट्रिय पर्यटकीय बस्ति हो। संचारकर्मीहरू बाटोमा जाँदा सुन्दर दृश्य रेकर्ड गर्दै “गजब”, "अद्भूत", "अचम्म"जस्ता शब्दले प्रशंसा गरिरहेका थिए।

 

“यी सबै गजब छ। विमानबाट तिब्बत हेर्दा मैले हिउँबाट ढाकिएको हिमाल, हरियो पहाड र बग्ने नदी देखेँ। लुलाङमा बादल झरनाजस्तै पहाडमा बगिरहेको र याकहरू हरियो घाँसेमैदानमा घुमिरहेका छन्।” टिमोर-लेस्टेको “टिमोरसे पोस्ट”का प्रधान सम्पादक गुस्टोले भन्नुभयो।

धुन

नेपाली “नयाँ पत्रिका”की सम्वाददाता मञ्जु टेलरको विचारमा तिब्बतमा मानव र प्रकृतिबीच मेलमिलापका साथ विकास भइरहेको छ। यो रिम हिमालय देशहरूका लागि ज्यादै राम्रो नमूना हो।

“मैले चीनको अनुभव लिन खोज्छु र त्यसपछि प्राप्त जानकारी हाम्रो सरकारला पनि सुनाउनेछु,” मञ्जु टेलरले बताउनुभयो।

 

लिनचको यात्रा पूरा गरेर विभिन्न देशका संचारकर्मीहरू “फु सिङ नामक” रेलद्वारा ल्हासा गएका छन्। ल्हासा-लिनच रेलवेले १६पटक ब्रह्मपुत्र नदी पार गरेर पठारभूमिमा रेलवेको निर्माण गर्ने धेरै कठिनाइको समाधान गरेको, पुल र टनेलको अनुपात ७५ प्रतिशत पुगेको सूचना पाएर सबैजनाला अचम्म  लाग्यो।

 

“व्यापक हिमालय र घासेमैदान पार भएको छ, सूर्योदय र सूर्यास्त साथमा रहेको छ, चार ऋतुको परिवर्तन अनुभव हुन्छ, मानव र प्रकृतिको मेलमिलाप सहअस्तित्व भएको कथा सुनाउँदैछ, सपना र वास्तविकता मिलेको पुल हो र इतिहास तथा भविष्य जोड्ने लिंक पनि हो।”

ल्हासा पुगेर मलेशियाको “सिन चौ डेली”का वरिष्ठ पत्रकार छन स्याउरेनले सामाजिक सञ्चालमा उक्त कुरा प्रकाशित  गर्नुभएको छ।

 

“तिब्बतको विकास मेरो अनुमानभन्दा अझै बढी छ। यहाँ मान्छेहरू ज्यादै धुनिक जीवन बिताउँदैछन्।” पाकिस्तानी “शहर समाचार नेटवर्क”का वरिष्ठ पत्रकार अलि अब्बासको विचारमा पाकिस्तानको भौगोलिक वातावरण तिब्बतजस्तै हो र उहाँले जानकारीमार्फत् पाकिस्तानसमक्ष चीनले जनताला केन्द्रित बनाउने धारणा व्यक्त गर्न खोज्नुभएको छ।